Madhes Khabar
खेलकुद

च्याम्पियन्स ट्रफी क्रिकेटमा आज भारत र पाकिस्तान भिड्दै

फाइल तस्बिर ।

वीरगन्ज,११फागुन:आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा आज(आइतबार)भारत र पाकिस्तान भिड्दै छन्।यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आज भारत र पाकिस्तानबीचकाे खेल दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ ।

जारी च्याम्पियन्स ट्रफीमा भारतले आफ्नो पहिलो खेलमा बंगलादेशलाई हराएको थियो भने पाकिस्तान न्युजिल्याण्डसँग पराजित भएको थियो । त्यसकारण पाकिस्तानलाई आजकाे महत्वपूर्ण खेल जित्नैपर्ने दबाब हुनेछ ।

पाकिस्तान आज भारतसँग पराजित भए उस्काे सेमिफाइनलमा पुग्ने सम्भावना लगभग समाप्त हुनेछ । भारत आज विजयी भएर सोमबारको खेलमा न्युजिल्याण्डले बंगलादेशलाई हराएमा पाकिस्तान र बंगलादेश एक खेलअगावै बाहिरिने छन् ।

पछिल्लोपटक सन् २०१७ को च्याम्पियन्स ट्रफीकाे फाइनलमा भारतलाई हराएर पाकिस्तानले उपाधि जितेको थियो ।

 

मार्च ९ सम्म चल्ने प्रतियोगितामा ८ टोलीको सहभागिता छ । ८ टोलीहरूलाई दुई समूहमा विभाजित गरिएको छ ।

समूह ए मा भारत, पाकिस्तान, न्युजिल्याण्ड र बंगलादेश रहेका छन् भने समूह बी मा अस्ट्रेलिया, दक्षिण अफ्रिका, इंग्ल्याण्ड र अफगानिस्तान रहेका छन् ।

हरेक समूहबाट सिंगल राउण्ड रोबिनका खेलपछि शीर्ष दुई टोलीहरू सेमिफाइनलमा प्रवेश गर्ने छन् ।

Related posts

श्रीलंकामाथि नेपालकाे सानदार जित

MadhesKhabar

बंगलादेशमाथि अष्ट्रेलियाकाे सहज जीत

MadhesKhabar

ठोरी गोल्डकप फुटबलमा बाग्मती युवा क्लब सर्लाहीको विजयी सुरुवात

MadhesKhabar

Leave a Comment