Madhes Khabar
धर्म/संस्कृति

वीरगन्जमा भाेजपुरी प्रतिष्ठानले आयाेजना गरेकाे वक्तृत्वकला प्रतियोगितामा महताे प्रथम

वीरगन्ज,९फागुन:अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा वीरगन्जमा शुक्रबार अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।लायन्स क्लब अफ सेसमी एकेडेमीको सहयोगमा भोजपुरी प्रतिष्ठान वीरगन्जले अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता आयाेजना गरेको हाे।

विभिन्न विद्यालयका १२ जना विद्यार्थीले भाग लिएको उक्त प्रतियोगितामा सिद्धार्थ माविका छात्र चन्द्रकान्त महतो प्रथम भए। त्रीजुद्ध माविका छात्र रोहित साह कानु द्वितीय र सिद्धार्थ माविकी छात्रा अन्तिमा कुमारी राैनियार तृतीय भइन्।प्रथम,द्वितीय र तृतीय भएका विद्यार्थीहरुलाई क्रमश: नगद १ हजार ५ सय,१ हजार र ५ सय रुपैयाँका साथै प्रमाणपत्र र शैक्षिक सामग्री प्रदान गरिएको थियाे।

प्रतियोगितामा त्रिभुवन हनुमान मावि, त्रीजुद्ध मावि, कन्या मावि माइस्थान विद्यापीठ मावि , सिद्धार्थ मावि र नृसिंह माविका गरि १२ जना विद्यार्थीले सहभागिता जनाएका थिए।प्रतियोगिताको निर्णायक मण्डलमा समाजसेवी आशमा सिंह यादव, पत्रकारद्य जय यादव र सुर्य विक रहेका थिए।

यसअघि प्रतियाेगिताकाे उद्दघाटन कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्णले मातृभाषा पहिचान र स्वाभिमानसँग जोडिएको भन्दै यसको संरक्षण तथा प्रवर्द्धनमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए।

प्रतिष्ठानकी अध्यक्ष अनिता साहकाे अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य श्याम सर्राफले दिएका थिए भने प्रतियोगिताको उद्देश्यबारे पत्रकार अजय चौरसियाले प्रकाश पारेका थिए। कार्यक्रमको सञ्चालन पत्रकार माधुरी महतोले गरेकी थिइन्।

Related posts

राधेमाइ मन्दिरमा वन मन्त्री यादवले भित्रयाए फूलपाती

MadhesKhabar

कांग्रेस महासमिति बैठकमा हिन्दू राष्ट्रकाे पक्षमा हस्ताक्षर संकलन सुरु

MadhesKhabar

ठोरीमा पनि मनाइयो राम–सीता विवाह महोत्सव

MadhesKhabar

Leave a Comment