Madhes Khabar
समाचार

वीरगन्ज नाकामा खुलेयाम एयरगन लिएर हिड्दै गरेका भारतीय नागरिक हुसेन पक्राउ

वीरगन्ज,०९फागुनःवीरगन्ज भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले एक थान एयरगन र त्यसमा लाग्ने ८२ राउण्ड गोलीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारत पश्चिम बंगालको खिदिरपुर घर भई हाल ललितपुरमा बसेर फर्निचरको काम गर्दै आएका ३४ बर्षिय मिम्मर हुसेन रहेका छन् ।

शुक्रबार भारतको रक्सौलबाट खुलेयाम रुपमा एयरगन र गोली लिएर पैदल वीरगन्ज आँउदै गरेका हुसेनलाई सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्मको टोलीले पक्राउ गरेको हो । उनको साथबाट मोडल नम्बर एम ३५ को एयरगन १ थान र त्यसमा लाग्ने गोली ८२ राउण्ड बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीले जानकारी दिए ।
एयरगन र गोलीसहित नियन्त्रणमा लिइएका हुसेनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि शुक्रबार नै प्रहरी चौकी इनर्वामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक धामीले जानकारी दिए ।

Related posts

बारामा ठूलो परिमाणमा ब्राउनसुगर सहित अन्सारी पक्राउ

MadhesKhabar

पर्साको हुलाकी सडकबाट सशस्त्र प्रहरीद्वारा गाँजासहित दुई जना पक्राउ

MadhesKhabar

चुनावलाई लक्षित गर्दै नेपाल भारत सिमा नाका पुर्ण रुपमा बन्द

MadhesKhabar

Leave a Comment