Madhes Khabar
समाचार

बारामा पनि श्रमजीवी पत्रकार संघ गठन,अध्यक्षमा शिवशंकर मिश्रा

बारा,१८माघ:बारामा पनि श्रमजीवी पत्रकार संघ नेपालकाे जिल्ला कार्यसमिति गठन गरिएको छ।शुक्रबार कलैयामा सम्पन्न श्रमजीवी पत्रकारहरुकाे भेलाले शिवशंकर मिश्राको अध्यक्षतामा १३ सदस्यीय श्रमजीवी पत्रकार संघ नेपालकाे बारा जिल्ला कार्यसमिति गठन गरेको हाे।

नवगठित समितिको उपाध्यक्षमा नरेश गुप्ता, महिला उपाध्यक्षमा प्रीयंका सर्राफ, सचिवमा चन्देश्वर चौरसिया, सहसचिवमा महेन्द्र सहनीर श्याम पासवान र कोषाध्यक्षमा विशाल सर्राफ रहेका छन् ।

यस्तै सदस्यहरुमा शर्मालाल बैठा, अनिल बर्मा, अजय यादव वियोगी, विनिता चौधरी, श्यामकुमार ठाकुर, रन्जन कुमार र कृष्णा कुशवाहा रहेका छन्।

 

नेपाल पत्रकार महासं मधेस प्रदेशका सदस्य सन्जिवकुमार मिश्राको प्रमुख आतिथ्यतामा भएको भेलामा प्रेस युनियनका मधेस प्रदेश अध्यक्ष सत्यप्रसाद श्रेष्ठ लगायतकाकाे पनि उपस्थिति रहेकाे थियाे।

Related posts

नेपालको राष्ट्रिय फल सुन्तला घोषित

MadhesKhabar

खानेपानी मन्त्री यादवले मन्त्रालयका सचिव बज्राचार्यसंग गरे १ वर्षको कार्यसम्पादन सम्झौता

MadhesKhabar

लाइसेन्सका लागि भरेको अनलाइन आवेदन रद्ध

MadhesKhabar

Leave a Comment