Madhes Khabar
समाचार

पथलैयामा पिकअप गाडीबाट २ सय १० केजी बरामद

फाइल तस्बिर।

बारा,१७माघःबाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैयाबाट प्रहरीले करिब २ सय १० केजी अवैध लागूऔषध गाँजा बरामद गरेको छ ।

अमलेखगन्जबाट पथलैयातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ च ३२२७ नम्बरको पिकअप गाडीलाई चेकजाँच गर्ने क्रममा २ सय १० केजीे गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

चेकजाँचका क्रममा उक्त गाडीका चालक भागेको प्रहरीले जनाएको छ ।उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

 

Related posts

लोककल्याणकारी विज्ञापनका लागि आमसञ्चार प्राधिकरण जनकपुरको नयाँ कार्यादेश जारी

MadhesKhabar

पर्सा जिल्ला अदालतबाट धरौटीमा छुटेका कुशवाहा अदालतकै लेखा शाखामा कार्यरत रहेको खुलासा

MadhesKhabar

आगामी निर्वाचनमा पनि पर्सा जिल्लामा जसपाले कब्जा जमाउछ : वन मन्त्री प्रदीप यादव

MadhesKhabar

Leave a Comment