वीरगन्ज,१४माघःवीरगन्ज महानगरपालिका वडा नम्बर १६ मा रहेको सनलाईट माध्यमिक विद्यालयमा आयोजित वक्तृत्वकला प्रतियोगितामा प्रतिभा काफ्ले प्रथम भएकी छन् ।
सोमबार विद्यालयमै आयोजित वक्तृत्वकला प्रतियोगितामा कक्षा ११ का ८ जना विधार्थीले भाग लिएकोमा काफ्ले प्रथम भएकी हुन् । यस्तै निशा कुमारीले द्वितीय र सुरती सनीले तृतीय स्थान हासिल गरिन् ।प्रथम,द्विय र तृतीय भएका विधार्थीहरुलाई क्रमश नगद तीन,दुई र एक हजार रुपैयाँका साथै ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।
विद्यालयका निर्देशक डिके चौरसियाको अध्यक्षता तथा स्टडीफाई कन्सल्टेन्सीका निर्देशक समीर अनवरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन कक्षा १२ की छात्रा रचना कर्णले गरेकी थिइन् ।

