Madhes Khabar
शिक्षा

पटेर्वासुगौलीमा शिक्षक संघको अधिवेशन माघ २४ गते

मधेसखबर
वीरगन्ज,१८ माघ : पर्साको पटेर्वासुगौली गाँउपालिकामा नेपाल शिक्षक संघको पालिका अधिवेशन यहि माघ २४ गते हुने भएको छ ।
बुधबार पटेर्वासुगौली गाँउपालिका वडा नम्बर ४ फरहदवा स्थित नेपाल राष्ट्रिय आधारभूत माविमा सम्पन्न शिक्षक संघको पालिका स्तरिय भेलाले माघ २४ गते संघको पालिका अधिवेशन आयोजना गर्ने निर्णय गरेको हो । भेलाले माघ १९ गते देखि सदस्यता नविकरण सुरु गने निर्णय पनि गरेको छ ।

भेलामा सहभागी संघमा आबद्ध शिक्षकहरुले सरकारबाट सुचिकृत भएको सेवासुविधा शिक्षकले नपाएको गुनासो गर्दै शिक्षा नियमावली अनुसार काम गर्ने वातावरण सृजना गराउन संघले पहल गर्नुपर्नेमा जोड दिए ।आजको आवश्यकता प्रविधिमैत्री शिक्षा भएकोले प्रविधिको विकास गर्ने खालका कार्यक्रम ल्याउन सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण गराउन पनि उनिहरुले आग्रह गरेका संघका अध्यक्ष हरिराज यादवले बताए ।

यादवकै अध्यक्षतामा भएको भेलामा शिक्षक ईन्द्र गौतम,श्याम घिमिरे,लक्ष्मिनारायण ओझैया,राजेश्वर महतो,मोहन दास,सुनिता चौधरी,सुभाष दास,रामनारायण पजियार लगाएतको सहभागिता थियो ।

Related posts

पचगाँवाको विधालयमा छात्रावास भवनको शिलान्यास

MadhesKhabar

वीरगन्जको शारदा माविमा सञ्चालित प्राविधिक शिक्षा प्रबर्द्धनका लागि सहयोग समिति गठन

MadhesKhabar

शुल्क नतिरेका विद्यार्थीलाई परिक्षाबाट वञ्चित नगर्न निजी विद्यालयलाई वीरगन्ज महानगरकाे निर्देशन

MadhesKhabar

Leave a Comment