Madhes Khabar
समाचार

बारामा ट्यांकर र पिकअपले माेटरसाइकललाई ठक्कर दिदाँ २ जनाकाे मृत्युु

सांकेतिक तस्बिर ।

बारा,१४माघ:बारामा आइतबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।दुर्घटनामा दुई जना घाइतेपनि भएका छन् ।

बाराकाे कलैया उपमहानगरपालिका वडा नम्बर ४ स्थित सडकमा आइतबार साँझ ना ४ ख ४१८६ नम्बरको तेल ट्यांकरले ना ४७ प ५९९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार रौतहटको बृद्धावन नगरपालिका वडा नम्बर ३ बिश्रामपुरकी ४० वर्षीया बबिता ठाकुरकाे मृत्यु भएको हाे । दुर्घटनामा गम्भीर घाइते भएकी बबिताको बाराकैपरवानीपुरस्थित एलएस अस्पतलामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।उक्त दुर्घटनामा मृतक बबिताकी छोरी ११ वर्षीया मोनी ठाकुर घाइते भएकी छन् । उनको एलएस अस्पतालमै उपचार भइरहेको छ । दुर्घटनापछि ट्यांकर चालक फरार छन् ।

 

त्यस्तै बाराकै आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ६ लौकाहामा बीआर ३० एजे ३५२७ नम्बरको मोटरसाइकललाई मधेस प्रदेश ०३- ००१ च ६७८८ नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालक भारतको बिहारका २५ वर्षीय आदित्य कुमार पाठककाे पनि मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको वीरगन्जको गण्डक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हा।

 

मोटरसाइकको पछाडि सवार रौतहटको गौर नगरपालिका–१ निवासी २२ वर्षीय राजन दास गम्भीर घाइते भएका छन् । उनको गण्डक अस्पतालमै उपचार भइरहेको छ ।

 

मोटरसाइकलाई ठक्कर दिएर फरार भएको भ्यान र त्यसका चालक पर्साको सखुवा प्रसौनी गाउँपालिका- १ घर भएका २२ वर्षीय दिलिप माझीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक सापकोटाले जानकारी दिए ।

Related posts

स्व. नरेश सर्राफको दोस्रो स्मृति सभा मंसिर १५ मा गर्ने समाजवादी प्रेस संगठनको निर्णय

MadhesKhabar

वीरगन्जको घण्टाघरबाट १ करोड ३१ लाखको सामानसहित दुई वटा ट्रक प्रहरी नियन्त्रणमा

MadhesKhabar

भारतबाट तस्करी गरी ल्याइएका २० वटा भैंसी र पाडा सशस्त्र प्रहरीको नियन्त्रणमा

MadhesKhabar

Leave a Comment