Madhes Khabar
समाचार

वीरगन्जको घण्टाघरबाट १ करोड ३१ लाखको सामानसहित दुई वटा ट्रक प्रहरी नियन्त्रणमा

वीरगन्ज,११भदौंःवीरगन्जको घण्टाघरबाट राजश्व छली( तस्करी)को १ करोड ३१ लाख मूल्य बराबरको सामान बरामद गरिएको जिल्ल प्रहरी कार्यालय पर्साले जनाएको छ ।

कार्यालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आइतबार राति वीरगन्जको घण्टाघरस्थित सडकबाट दुई वटा मालवाहक ट्रकबाट १ करोड ३१ लाख १५ हजार ६९८ रुपैयाँ मूल्यको कपडा, औषधि तथा खुद्रा सामानहरु बरामद गरिएको जनाएको छ ।

वीरगन्जबाट पावर हाउस चोकतर्फ जाँदै गरेका प्र.७–०१–००१ ख ३०८८ र ना.३ ख ५१६५ नम्बरको मालवाहक ट्रक रोकेर खानतलासी गर्दा बिलबिजक भन्दा बढी मूल्यको सामान भेटिएपछि सामानसहित दुवै ट्रक नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको पर्साका प्रहरी उपरीक्षक कुमोद ढुंगेलले बताए ।

Related posts

ठाेरीबाट २० केजी गाजा बरामद

MadhesKhabar

एनवाइईएफ वीरगन्जले जित्यो उत्कृष्ट च्याप्टरको अवार्ड

MadhesKhabar

वीरगन्जको कार्टुन उद्योगमा एक मजदुरको मृत्यु: घटना शंकास्पद रहेको परिवारजनको दाबी

MadhesKhabar

Leave a Comment