Madhes Khabar
समाचार

वीरगन्जको घण्टाघरबाट १ करोड ३१ लाखको सामानसहित दुई वटा ट्रक प्रहरी नियन्त्रणमा

वीरगन्ज,११भदौंःवीरगन्जको घण्टाघरबाट राजश्व छली( तस्करी)को १ करोड ३१ लाख मूल्य बराबरको सामान बरामद गरिएको जिल्ल प्रहरी कार्यालय पर्साले जनाएको छ ।

कार्यालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आइतबार राति वीरगन्जको घण्टाघरस्थित सडकबाट दुई वटा मालवाहक ट्रकबाट १ करोड ३१ लाख १५ हजार ६९८ रुपैयाँ मूल्यको कपडा, औषधि तथा खुद्रा सामानहरु बरामद गरिएको जनाएको छ ।

वीरगन्जबाट पावर हाउस चोकतर्फ जाँदै गरेका प्र.७–०१–००१ ख ३०८८ र ना.३ ख ५१६५ नम्बरको मालवाहक ट्रक रोकेर खानतलासी गर्दा बिलबिजक भन्दा बढी मूल्यको सामान भेटिएपछि सामानसहित दुवै ट्रक नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको पर्साका प्रहरी उपरीक्षक कुमोद ढुंगेलले बताए ।

Related posts

बाराका प्रहरी नायब निरीक्षक यादव उत्कृष्ट प्रहरीका रुपमा पुरस्कृत

MadhesKhabar

पर्सामा बिधुत चोरेको आरोपमा सात जना पक्राउ

MadhesKhabar

सम्भावित जोखिमलाई मध्यनजर गर्दै काम गर्न मन्त्री यादवकाे निर्देशन

MadhesKhabar

Leave a Comment