Madhes Khabar
स्थानिय

वीरगन्ज–५ का सरसफाईकर्मीहरुलाई वडाध्यक्ष चौरसियाले बाँडे ट्रयाक सुट

वीरगन्ज,१२माघःवीरगन्ज महानगरपालिका वडा नम्बर ५ मा कार्यरत सरसफाईकर्मीहरुलाई ट्रयाकसुट वितरण गरिएको छ । वडामा रहेका नाला र सडक सफाई गर्र्दै आएका सरसफाईकर्मीहरुलाई वडाध्यक्ष प्रदिप कुमार चौरसियाले जनही एक एक सेट ट्रयाकसुट वितरण गरेका हुन् ।

शनिबार वडा समितिको कार्यालयमै सरसफाईकर्मीहरुलाई वडाध्यक्ष चौरसियाले ट्रयाकसुट प्रदान गरेका हुन् ।आर्थिक रुपमा कमजोर रहेका वर्गलाई सहयोग गर्ने उद्देश्य राखेर सरसफाईकर्मीहरुलाई उक्त कपडा वितरण गरिएको भन्दै वडाध्यक्ष चौरसियाले अगामी दिनमा यस्ता सेवामुलक कार्यक्रमहरूलाई निरन्तर दिने प्रतिबद्धता जनाए।

जाडो मौसममा चिसोबाट प्रभावित भएको र वडामा रात दिन खटि रहने कर्मचारीलाई सहयोग पु¥याउने उद्देश्यले चिसोबाट जोगिन सहयोग गरिएको बताउँदै उनले आगामी दिनमा पनि आफ्नो क्षमताअनुसार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा वडाका सदस्य ,वडा कार्यालयका कर्मचारी लगायतकाकोपनि उपस्थिती रहेको थियो ।

Related posts

वीरगन्जमा नक्कली मोबिलको कालोबजारी गर्ने २ कारोबारी पक्राउ

MadhesKhabar

वीरगन्जका पाउरोटी उद्योगहरुमा अनुगमन गर्दा फोहोर र म्याद गुज्रिएका पाउरोटी र केक भेटियो

MadhesKhabar

वीरगन्जकाे ड्राइपाेर्ट चाेकमा ट्रकको ठक्करबाट एक बृद्धकाे मृत्यु

MadhesKhabar

Leave a Comment