Madhes Khabar
स्थानिय

वीरगन्जमा नक्कली मोबिलको कालोबजारी गर्ने २ कारोबारी पक्राउ

मधेसखबर
वीरगन्ज,१०माघ : वीरगन्जमा नक्कली मोबिलको कालोबजारी गरेको आरोपमा प्रहरीले दुइ जनालाई पक्राउ गरेको छ । प्रहरीले ठूलो परिमाणमा नक्कली मोबिल पनि बरामद गरेको छ ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैयामा समसुन ट्रेडर्सका सन्चालकद्वय वीरगन्ज ३ छपकैयाकै ३५ वर्षिय शेख आविद अली र वीरगन्ज १७ अलौंका २३ वर्षिय शेष कौशल रहेका छन् ।

वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले छपकैया स्थित समसुन ट्रेडर्सको गोदममा छापा मारेर खानतलाशी गरेको थियो । त्यस क्रममा गोदमममा भण्डारण गरि राखिएको अवस्थामा नक्कली मोबिल १ हजार ५० लिटर , ब्रेक आयल ४५ डिब्बा ,ब्याट्रीको पानी २ ग्यालेन र डिस्टिल वाटर १० लिटर बरामद भएको पर्साका प्रहरी नायब उपरिक्षक दिपक गिरिले जानकारी दिए ।

पक्राउ परेका सन्चालकद्वय अली र कौशललाई मंगलबार पर्सा जिल्ला अदालतमा पेश गरि उनिहरु विरुद्ध कालो बजारी अन्तर्गतको कसूरमा ७ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको गिरिले जानकारी दिए ।

Related posts

पोखरियामा फुसको घरगोठमा आगलागी हुदाँ लाखौंको क्षति

MadhesKhabar

जितपुरबाट ३० क्वीन्टल प्याजसहितको गाडी प्रहरी नियन्त्रणमा

MadhesKhabar

धाेनीकाे जन्मदिनमा वीरगन्जका युवाहरुले रिक्सा-ठेला चालकहरुलाई बाँडे गम्छा र पानीकाे बाेत्तल

MadhesKhabar

Leave a Comment