Madhes Khabar
स्थानिय

पोखरियामा फुसको घरगोठमा आगलागी हुदाँ लाखौंको क्षति

फाइल फोटो।

वीरगन्ज,३२जेष्ठःपर्साको पोखरिया नगरपालिका वडा नम्बर ४ स्थित पोखरिया गाँउमा शुक्रबार बिहान एक घरगोठमा आगलागी हुदाँ लाखौंको धानमाल क्षति भएको छ । पोखरिया नगरपालिका वडा नम्बर ४ का इम्तियाज मियाँको फुसको गोठसहितको घरमा शुक्रबार बिहान आगलागी हुदाँ घरगोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान करिब ३ बजेतिर आगलागी हुदाँ जलेर एउटा भैंसी र १६ वटा खसीबाख्रापनि मरेको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक राजन दाहालले जाानकारी दिए । मियाँको घरगोठमा लागेको आगो पोखरिया नगरपालिकाको दमकलको मदतमा स्थानीयबासी र प्रहरीले मिलेर निभाएको उनले बताए ।

प्रारम्भिक अनुसन्धानका क्रममा मियाँको घरगोठमा विद्युत सर्ट भएर आगो लागेको देखिएपनि यसबारेमा थथप अनुसन्धान भइरहेको जानकारीपनि उनले दिए ।

Related posts

पर्सामा मिटरब्याज सम्बन्धी ६६७ उजुरी मेलमिलापबाट सुल्झाइयो

MadhesKhabar

नेपाली चार चक्के गाडीलाई पास बिना रक्साैल प्रवेशमा राेक

MadhesKhabar

वीरगन्जको प्रदर्शन सुरक्षाकर्मीको नियन्त्रण बाहिर :मन्त्री,नेताका घर र सरकारी कार्यालयमा आगजनी

MadhesKhabar

Leave a Comment