
वीरगन्ज,१२ माघः जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यसमितिको बैठक वीरगन्जमा शनिबारदेखि सुरु भएको छ।
वीरगन्जस्थित पुजन होटलमा जसपाका केन्द्रीय अध्यक्ष अशोककुमार राईको अध्यक्षतामा केन्द्रीय कार्यसमितिको बैठक बिहान १ण्.३० बजेदेखि सुरु भएको पार्टीका उप–महासचिव एंव खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिए ।
आइतबारसम्म चल्ने बैकठमा मुलुकको समसामयिक राजनीतिक अवस्थाको विश्लेषण, पार्टीका संगठनात्मक तथा समसामयिक विषयहरूमा गहन छलफल गर्नुका साथै मधेसका मुद्दासम्बन्धी विषयमा छलफल गर्दै पार्टीको भावी रणनीतिसमेत तयन गरिने उनले जानकारी दिए ।
बैठकमा जसपाका संघीय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठ, सहअध्यक्ष रेणुकुमारी यादव, उपाध्यक्ष तथा मन्त्री नवलकिशोर साह सुडी, उपमहासचिव तथा मन्त्री प्रदीप यादव, उपाध्यक्ष शुशीला श्रेष्ठ,उपाध्यक्ष रणध्वजकान्दनवा लिम्बु, महासचिव मोहम्मद इश्तियाक राई, सचिव बिरेन्द्र महतो, कोषाध्यक्ष रञ्जु झाका साथै केन्द्रिय सदस्यहरुको सहभागिता रहेको छ ।

