Madhes Khabar
समाचार

खानेपानी मन्त्री यादवले सार्वजनिक गरे खानेपानी तथा सरसफाइ नियमावली २०८१

काठमाडौं,११माघ:: खानेपानीमन्त्री प्रदीप यादवले आज खानेपानी तथा सरसफाइ नियमावली, २०८१ लागू भएको सार्वजनिक गरेका छन्। मन्त्रालयमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री यादवले खानेपानी तथा सरसफाइ ऐन, २०७९ को दफा ५९ ले दिएको अधिकारबमोजिम नेपाल सरकारबाट स्वीकृत भई नेपाल राजपत्रमा माघ १० गते खानेपानी तथा सरसफाइ नियमावली प्रकाशित भई लागू भएको बताए।

‘ऐन बनेको करिब डेढ वर्षपछि मेरो कार्यकालमा खानेपानी तथा सरसफाइ नियमावली २०८१ लागू भई राजपत्रमा सार्वजनिक भएको छ। नियमावली लागू भएसँगै खानेपानीको क्षेत्रमा अवरुद्ध भएको बाटो खुल्नुका साथै आम उपभोक्तालाई कानुनी रूपमा रहेको बाधा हटी सहज भएको छ,’ उनले भने।

मन्त्री यादवले नियमावली लागू भएसँगै नागरिकहरूको घरघरमा शुद्ध, स्वच्छ तथा गुणस्तरीय खानेपानी तथा सरसफाइ सेवा प्राप्त गर्ने अवसर समेत प्राप्त भएको बताए। उनले नागरिकहरूको मौलिक अधिकारको सम्मान, संरक्षण र परिपूर्ति गरी सहजरूपमा उक्त सेवा उपलब्ध गराउन सो नियमावलीमा रहेका कानुनी व्यवस्थाहरूका विषयमा जानकारीसमेत दिए।

 

उनले भने, ‘नियमावलीमा रहेका अन्य कानुनी व्यवस्थाहरु मुद्रण विभागको वेबसाइटमा सार्वजनिक भइसकेका छन्। आम नागरिकहरूलाई सो अध्ययन गर्न र यस ऐन तथा नियमावलीलाई सम्पूर्ण सरोकारवाला तथा आम उपभोक्ता समक्ष पुर्‍याई प्रभावकारी रूपमा कार्यान्वयन गर्न म हार्दिक अनुरोध गर्न चाहन्छु,’ उनले भने।

स्वच्छ र गुणस्तरीय खानेपानी तथा सरसफाइ सेवा नागरिकको मौलिक अधिकार भएको र यस अधिकारको सम्मान, संरक्षण र सुनिश्चितताका लागि नियमावलीले आवश्यक कानुनी आधार र व्यवस्थाहरू प्रदान गरेको मन्त्री यादवको भनाइ छ। लागू भएको नियमावलीमा खानेपानी तथा सरसफाइ आयोजना कार्यान्वयनमा संघ, प्रदेश र स्थानीयको क्षेत्राधिकार, जिम्मेवारी र दायित्व, साना घरेलु उपयोगका आयोजनाहरू बाहेकका खानेपानी तथा सरसफाइ सेवाको सर्वेक्षण, निर्माण तथा संचालनको लागि अनुमति लिनुपर्ने नयाँ व्यवस्था, मन्त्रालयले तोकेको अधिकारीले रीत पूर्वक निवेदन प्राप्त भइसकेपछि तोकिएको दस्तुर लिएर ९० दिनभित्र अनुमतिपत्र दिने प्रवन्ध मिलाइएको, अनुमतिप्राप्त सेवा प्रदायकहरूको विवरण तीन वटै तहको सरकारलाई उपलब्ध हुने मन्त्री यादवले जानकारी दिए।

Related posts

वीरगन्जको लजमा प्रहरीको छापा : ३० हजार पिस लागू औषधसहित भारतीय युवक पक्राउ

MadhesKhabar

बाराको टाँँगीयाबस्तीका तामाङ आफनै घरबाट लागू औषधसहित पक्राउ

MadhesKhabar

पत्रकार महासंघका केन्द्रीय अध्यक्ष पाेखरेलले दिए राजिनामा

MadhesKhabar

Leave a Comment