Madhes Khabar
समाज

वीरगन्जका चाेक चाेकमा जनमत पार्टीका युवाहरुले आगाे ताप्ने व्यवस्था मिलाए

वीरगन्ज,१०माघ:जनमत पार्टीका युवाहरुले वीरगन्जका विभिन्न चाेकमा दाउरा बालेर सर्वसाधारणका लागि आगाे ताप्ने व्यवस्था मिलाएका छन्।

जनमत पार्टी निकट युवा जनमत संघका नेताकार्यकर्ताले दाउराकाे जाेहाे गरेर वीरगन्जको पावर हाउस चाेक,घण्टाघर चाेक,नयाँ बसपार्क चाेक,माइस्थान चाेक,महावीर स्थान,नारायणी अस्पताल,ईनर्वा लगायतका स्थानमा आगाे ताप्ने व्यवस्था मिलाएका हुन्।

राजनीतिमा लागेका युवाहरुलाई समाजसंग जाेड्दै समाजमा रचनात्मक र सृजनात्मक गतिविधिमा उत्प्रेरित गर्ने जनमत पार्टीको अभियान अन्तरगत जनमत युवा संघका युवाहरुले अहिलेकाे चिसाे माैसममा सर्वसाधारणलाई राहत दिन ठाँउ ठाँउमा आगाे ताप्ने व्यवस्था मिलाएकाे जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले बताए ।

Related posts

त्रिशुली दुर्घटनामा ज्यान गुमाएकाहरुको परिवारलाई पूर्वमन्त्री सोनलले गरे आर्थिक सहयोग

MadhesKhabar

वीरगन्जमा हिलिङ टच स्पा एण्ड सलोनको कार्यक्रममा ५४ जनाले गरे रक्तदान

MadhesKhabar

लखनपुरमा जसपाका युवा नेता साहद्वारा सामुदायिक भवनको शिलान्यास

MadhesKhabar

Leave a Comment