Madhes Khabar
समाज

वीरगन्जका चाेक चाेकमा जनमत पार्टीका युवाहरुले आगाे ताप्ने व्यवस्था मिलाए

वीरगन्ज,१०माघ:जनमत पार्टीका युवाहरुले वीरगन्जका विभिन्न चाेकमा दाउरा बालेर सर्वसाधारणका लागि आगाे ताप्ने व्यवस्था मिलाएका छन्।

जनमत पार्टी निकट युवा जनमत संघका नेताकार्यकर्ताले दाउराकाे जाेहाे गरेर वीरगन्जको पावर हाउस चाेक,घण्टाघर चाेक,नयाँ बसपार्क चाेक,माइस्थान चाेक,महावीर स्थान,नारायणी अस्पताल,ईनर्वा लगायतका स्थानमा आगाे ताप्ने व्यवस्था मिलाएका हुन्।

राजनीतिमा लागेका युवाहरुलाई समाजसंग जाेड्दै समाजमा रचनात्मक र सृजनात्मक गतिविधिमा उत्प्रेरित गर्ने जनमत पार्टीको अभियान अन्तरगत जनमत युवा संघका युवाहरुले अहिलेकाे चिसाे माैसममा सर्वसाधारणलाई राहत दिन ठाँउ ठाँउमा आगाे ताप्ने व्यवस्था मिलाएकाे जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले बताए ।

Related posts

रेडक्रस सोसाइटी बाराको सभापतिमा पुन खड्का चयन

MadhesKhabar

जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित कार्यक्रममा १०२ जनाले गरे रगतदान

MadhesKhabar

न्याय माग्न सिंहदरबारमा जाँदा आरती साहका आमा र भाई पक्राउ

MadhesKhabar

Leave a Comment