Madhes Khabar
समाज

जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित कार्यक्रममा १०२ जनाले गरे रगतदान

वीरगन्ज, २८ साउन : वीरगन्जस्थित जिल्ला प्रहरी कार्यालय पर्सामा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।वडा प्रहरी कार्यालय श्रीपुर र जिल्ला प्रहरी कार्यालय पर्साले संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४ जना महिला सहित १ सय २ जनाले रगतदान गरेका छन् ।

कार्यक्रममा नेपाल प्रहरी , सशस्त्र प्रहरी र नेपाली सेनागरि ७१ जना सुरक्षाकर्मी र ३१ जना सर्वसाधरण नागरिकले रगतदान गरेको रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।रगतदान गर्नेहरुमा भावना घिमरे, बबिता पासवान, राज पहरी, नमिता पाख्रीन, राजेश पण्डित, सरोज खड्का, श्यामबाबु यादव, जितेन्द्र मण्डल लगायतका रहेको उनले बताए ।

सँधै सुरक्षा क्षेत्रमा खटिने सुरक्षाकर्मीहरुले मानवीय उत्तरदायित्वपनि बहन गर्दै रगदान गरेको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले बताए । प्रहरी भन्ने बित्तिकै डराउने गलत धारणालाई हटाएर प्रहरी मेरो साथीको अवधारणालाई अगाडी बढाउन यस्ता कार्यक्रमले सघाउ पुग्ने शाहले बताए ।रगतको माग बढ्दै गएको अवस्थामा मागलाई परिपूर्ती गर्ने अभिप्रायका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक आशुतोष बहादुर शाहीले बताए ।

रक्तदान कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल र शीवप्रसाद लम्साल, प्रहरी उपरीक्षक शाह, सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलीया, नेपाली सेना श्रीजंग गणका प्रमुख सेनानी डायमण्ड कार्कीका साथै विभिन्न संघसंस्थाका प्रतिनीधिहरुको पनि उपस्थिती रहेको पर्साका प्रहरी प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

Related posts

छठ पूजाको उपलक्ष्यमा पर्साको मुड्लीमा ५० जनाले गरे रक्तदान

MadhesKhabar

तराई मधेसमा महिलाका मुद्दा : विगत र वर्तमान

MadhesKhabar

जगरनाथपुरका ७२ वर्षिय राउतलाई ह्वील चेयर सहयाेग

MadhesKhabar

Leave a Comment