Madhes Khabar
समाज

वीरगन्जमा निखिल ज्वेलर्सले आयोजना गरेको कार्यक्रममा ४६ जनाले गरे रगत दान

वीरगन्ज,२३बैशाखःवीरगन्जमा आइतबार निखिल ज्वेलर्सले आयोजना गरेको रक्तदान कार्यक्रममा ४६ जनाले रगत दान गरेका छन् ।

माईस्थानस्थित गहवामाई मन्दिर अगाडिको पार्क परिसरमा आयोजित रक्तदान कार्यक्रममा ६ महिलासहित ४६ जनाले रगत दान गरेका हुन् ।

वीरगन्जको रक्त सञ्चार केन्द्रमा रगतको अभाव भई अस्पतालमा बिरामीहरुको उपचार प्रभावित भएपछि निखि ज्वेलर्सले आइतबार आकस्मिक रुपमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको ज्वेलर्सका सञ्चालक उपेन्द्र सर्राफले बताए । उक्त कार्यक्रममा रगत दान गर्नेहरुलाई नविल बैंक कोशी प्रदेश प्रमुख दिपक श्रेष्ठ र युवा व्यवसायी पंकज पटेलले रक्तदाताको प्रमाण पत्र वितरण गरेका थिए ।

सर्राफकै अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ, सामाजिक अभयन्ता बृजेश्वर प्रसाद चौधरी लगायतको पनि उपस्थिती रहेको थियो ।

Related posts

वीरगन्ज १० मा आयोजित कार्यक्रममा ८२ जनाद्धारा रगत दान

MadhesKhabar

एआईजीमा सहकुल थापा सिफारिस !

MadhesKhabar

साहिब दरबारले वीरगन्जका ३०० बालबालिकालाई बाड्यो स्वीटर

MadhesKhabar

Leave a Comment