Madhes Khabar
खेलकुद

एनआई कप क्रिकेट : नेशनल एकेडेमीमाथि वीरगन्ज पब्लिक कलेजको सहज जित

वीरगन्ज,६माघःवीरगन्जमा जारी नेशनल इन्फोटेक (एनआई ) कप क्रिकेट अन्तर्गत आइतबार भएको खेलमा वीरगन्ज पब्लिक कलेज(बिपिसी) विजयी भएको छ ।

नारायणी क्रिकेट मैैदानमा भएको बिपिसीले नेशनल एकेडेमीलाई ८ विकेटको फराकिलो अन्तरले हराएको हो ।नेशनल एकेडेमीले दिएको ५९ रनको लक्ष्य बिपिसी कलेजले ८.२ ओभरमा केवल २ विकेटको क्षतिमा पुरा गर्यो ।उसका लागि इरफान अन्सारीले ३० र अर्शद हुसेनले १८ रन बनाए । बलिङ्तर्फ नेशनल एकेडेमीका विशाल गुप्ताले २ विकेट लिए।

यसअघि पहिले व्याटिङ गरेको नेशनल एकेडेमीले निर्धारित १० ओभर खेल्दै ४ विकेटको क्षतिमा ५८ रनमात्र बनाएको थियो । उसका लागि आबिद ठाकुराईले ३५ र शिवचन्द्र यादवले १३ रन बनाएका थिए । बलिङ्तर्फ बिपिसीका जादुबंशी बैठा र एजाज अलीले समान १–१ विकेट लिए ।उक्त खेलको म्यान अफ दी म्याच बिपिसीका इरफान अन्सारी घोषित भए ।

Related posts

विश्वकप क्रिकेटको छनोटमा नेपालको पहिलो खेल जिम्बावेसँग

MadhesKhabar

नेपाललाई भारतले दियाे १७९ रनकाे लक्ष्य

MadhesKhabar

निर्मल समाज युवा क्लब ठोरी फाइनलमा

MadhesKhabar

Leave a Comment