Madhes Khabar
खेलकुद

निर्मल समाज युवा क्लब ठोरी फाइनलमा

फोटो : रेडियो विजयवस्तीबाट

मधेसखबर
वीरगन्ज ,१५ भदौं : निर्मल समाज युवा क्लब , पर्साको ठोरी गाउँपालिका वडा नम्बर १ मा जारी तिजकप नकाउट फूटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेकोे छ ।

बुधबार भएको दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा गोल्डेन इमिनेट वसन्तपुर माडी चितवनलाई ट्राइबेकरमा ५-४ ले पराजित गर्दै निर्मल समाज युवा क्लब ठोरी ४ फाइनलमा प्रवेश गरेको हो।
निर्मल समाज युवा क्लब ठोरी ४ ले अब ऊपाधिका लागि भदौ १७ गते हुने फाइनल खेलमा वनशक्ति युवा क्लब ठोरी २ सँग भिडन्त गर्नेछ ।बुधबार भएको खेलमा निर्धारित समयमा दुबै टिमबाट कुनै पनि गोल हुन नसकेपछि टाइब्रेकरमा गोल्डेन इमिनेटलाई ५-४ को गोलान्तरले पाखा लगाउँदै निर्मल समाज युवा क्लबले फाइनलमा वनशक्ती युवा क्लबसँगको भेट पक्का गरेको हो।
बुधबारको खेलको म्यान अफ दी म्याच निर्मल समाज युवा क्लबका गोलरक्षक प्रवीण लामा घोषित भएको आयोजक समितिका अध्यक्ष जगेन्द्र पौडेलले जानकारी दिए।

पर्सा र चितवनको गरी २८ टिमको सहभागिता रहेको प्रतियोगिताको बिजेता टिमलाई नगद ५६ हजार १ सय ,मेडल तथा प्रमाणपत्र तथा उपबिजेता टिमलाई नगद ३१ हजार १ सय ,मेडल,प्रमाणपत्र दिइने अध्यक्ष पौडेलले जानकारी दिए।

Related posts

आइपीएलको फाइनलमा आज बैंग्लोर र पञ्जाब भिड्दै

MadhesKhabar

वीरगन्जमा आयोजित प्रदेश स्तरीय फुटबलमा सिरहाको विजयी सुरुवात

MadhesKhabar

७ महिनापछि आज नेपाली जर्सीमा फर्कदै सन्दीप लामिछाने

MadhesKhabar

Leave a Comment