वीरगन्ज,५माघःवीरगन्ज महानगरपालिका वडा नम्बर २१ लिपनीविर्तामा रहेको शक्ति युवा क्लबको प्रथम बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।साधारणसभाले निर्वतमान उपाध्यक्ष सुबोध श्रीवास्तवको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
नवगठित क्लबको वरिष्ठ उपाध्यक्षमा संजय मण्डल , प्रथम उपाध्यक्षमा दिपक यादव , द्वितीय उपाध्यक्षमा हुलास यादव , महासचिवमा ध्रुव प्रसाद साह , सचिवमा कैलाश मण्डल , कोषाध्यक्षमा सोनालाल मण्डल रहेका छन । यस्तै सदस्यहरुमा उमेद राम , सरोज यादव , तिवारी यादव , मनोज मिश्रा , सन्तोष शर्मा , हसनैन आलम , सलिम आलम , सम्साद आलम , रमेश सरार्फ , अभिषेक ठाकुर ,मनिर आलम र इमाम आलम रहेका छन् ।
साधारणसभाले तीन सदस्यीय क्लबको सल्लाहकार समिति पनि चयन गरेको छ । नवनियुक्त सल्लाहकार समितिमा नागमणी उपाध्याय , मोबिन आलम र क्लबका निवर्तमान अध्यक्ष राजमहम्द मिया रहेका छन् ।
क्लबका निवर्तमान अध्यक्ष राजमहम्द मिया अध्यक्षतामा भएको साधारणसभाको उदघाटन परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्री राउत कुर्मीले गरेका थिए । साधारणसभामा नेकपा एमालेका नेता रामपाल यादव , मोबिन आलम , समाजसेवी नागमणी उपाध्याय ,युवा ब्यवसायी मनोज यादव , रामादेश यादव लगायतकाकोपनि सहभागीता रहेको थियो ।

