Madhes Khabar
स्थानिय हेडलाइन

सडकका छाडा चौपाया नियन्त्रणका लागि वीरगन्जका विद्यार्थीहरुले सिडिओेलाई गुहारे

वीरगन्ज,४माघ:वीरगन्ज स्कुल अफ ल का विद्यार्थीहरुले सडकका छाडा चाैपाया पशुहरु नियन्त्रणमा लिएर व्यवस्थापन गर्न माग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापन पत्र बुझाएका छन् ।

वीरगन्ज शहरको मुख्य सडकमा खुल्ला रुपमा छाडा चौपाया हिडिरहेका कारण त्यसले दुर्घटनाको जोखिम बढेको भन्दै उनिहरुले शुक्रबार प्रजिअ अर्याललाई ज्ञापन पत्र बुझाएको हुन् ।

वीरगन्जको घण्टाघर, माईस्थान, गहवा, श्रीपुर, पावर हाउस चाेक लगायतका स्थानका मुख्य सडकर गल्लीहरुमा खुल्ला रुपमा चौपायाहरु हिड्डुल गरी रहेको भेटिएकोले ट्राफिक जाम हुने, जनावरको आक्रमण हुने तथा चोटपटक लागेर घाईते हुने संभावना बढि रहेकोले ध्यानाकषर्णका लागि ज्ञापन पत्र बुझाईएको विद्यार्थीहरुकाे भनाई छ ।

ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी अर्यालले यसबारे आफनो तर्फबाट पहल र प्रयास गर्ने पहल गर्ने प्रतिबद्धता जनाए ।

अर्यालले सडकका छाडा चाैपाया नियन्त्रणको भुमिका तथा जिम्मेवारी स्थानिय सरकारको बढि भएकोले एक ज्ञापन पत्र वीरगन्ज महानगरपालिमा पनि बुझाउन सुझाव दिए ।

ज्ञापनपत्र बुझाउन गएकाे टाेलीमा स्कूल अफ ल मा कानून स्नातक तहमा अध्ययनरत नगीना राउत कुर्मी,मुकेश सह तेली,शीतल गुप्ता, अम्बिका कर्ण,रसीद अंसारी,अमृता साह लगायतको सहभागिता रहेको थियो।

Related posts

वीरगन्ज महानगरका १० प्रतिशत नागरिकको घरमा छैन शौचालय

MadhesKhabar

पूर्वमन्त्री यादवकाे अपिल :वीरगन्जमा आपसी सदभावलाई नबिगाराैं,सबैले एकअर्काको सम्मान गराैं

MadhesKhabar

वीरगन्जको नारायणी अस्पतालमा क्यान्सर बिरामीका लागि किमोथेरापी सेवा सुरु

MadhesKhabar

Leave a Comment