Madhes Khabar
समाचार

खानेपानी मन्त्री यादवको दाबी : १ वर्षभित्र शतप्रतिशत नागरिकमा खानेपानीको पहुँच पुग्छ

काठमाडौं,३माघःखानेपानीमन्त्री प्रदीप यादवले ९८ प्रतिशत नागरिकमा आधारभूत खानेपानीको पहुँच पुगेको दाबी गरेका छन् । बिहीबार राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा ललितपुरमा आयोजित ‘भूकम्प र विपद् जोखिम व्यवस्थापन’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री यादवले उक्त दाबी गरेका हुन् ।

अबको एक वर्षभित्र शतप्रतिशत नागरिकमा आधारभूत खानेपानी पु¥याइसक्ने घोषणा पनि मन्त्री यादवले गरेका छन् । अहिले २७ प्रतिशत नागरिकले मात्र शुद्ध खानेपानी पिउन पाएको उल्लेख गर्दै एक वर्षभित्र ५७ प्रतिशत नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पु¥याउने गरी काम गरिरहेको पनि उनको भनाइ थियो । सरकार जनताका आधारभूत आवश्यकता पूरा गर्न संवेदनशील रहेको बताए ।

‘खानेपानीको क्षेत्रमा हामी काम गरिरहेका छौं । हिजो कसले के काम गर्नुभयो त्यो अलग पाटो हो । तर अब जुन हाम्रो काम हुन्छ । त्यो सबै कामहरू प्रभावकारी रुपमा अगाडि बढ्छ । नेपाल विपद्को जोखिममा रहेको देश भएकोले त्यस अनुसारको डिजाइन होस् भन्ने मैले सोच राखेको छु । त्यसैअनुसार हाम्रो काम पनि अगाडि बढिरहेको छ,’ मन्त्री यादवले भने, ’अहिले खानेपानीको क्षेत्रमा ठूलो चुनौतीको पनि सामना गर्नुपरेको छ ।

मन्त्री यादवले भने, ’अहिले हाम्रो मुलुकमा ९८ प्रतिशत नागरिकलाई आधारभूत खानेपानी सेवा पु¥याएका छौं । अहिले पनि दुई प्रतिशत जनतामा आधारभुत खानेपानी पु¥याउन सकेका छैनौं । त्यसको लागि हामी निरन्तर लागिपरेका छौं । मलाई विश्वास छ एक वर्षभित्रमा सयप्रतिशत जनतामा आधारभुत खानेपानी पु¥याउँछौं । यो मेरो प्रतिबद्धता पनि छ । अर्को कुरा हामी २७ प्रतिशत नागरिकलाई सुद्ध खानेपानी दिइरहेका छौं । यो पर्याप्त छैन । यसले जनता बिरामी हुने तथा प्रकोप फैलिने खतरा छ । त्यसकारणले गर्दा ५७ प्रतिशत पु¥याउनका लागि हामी लागिपरेका छौं । यो अठोट लिएर म अघि बढेको छु ।’

मन्त्री यादवले काठमाडौं उपत्यकामा रहेको खानेपानीको समस्या साधानका लागि निरन्तर काम गरिरहको बताए ।

Related posts

वीरगन्ज महानगरमा जसपाले खाता खोल्यो , वडा नं ३२ को वडा अध्यक्षमा मिया निर्वाचित

MadhesKhabar

महानगरमा पुच्का बेच्न रोक

MadhesKhabar

ठोरीमा भालुको आक्रमणबाट एक व्यक्ति गम्भीर घाइते

MadhesKhabar

Leave a Comment