Madhes Khabar
स्थानिय

पर्साकाे शंकरसरैयामा आगलागी हुदाँ घरगाेठ जलेर नष्ट,२० भन्दा बढी खसीबाख्रा पनि मरे

वीरगन्ज,२माघ:पर्साको जीराभवानी गाउँपालिका वडा नम्बर ५ शंकरसरैयामम आगलागी हुँदा एक किसानको घरगोठ जल्नुका साथै दर्जनभन्दा बढी पशुचौपायमा जलेर मरेका छन्।

मंगलबार राति आगाे ताप्न बालिएकाे घुरबाट आगाे सलेिकएर आगलागी हुदाँ र लाल बहादुर दास थारुको घरस०गैकाे गोठ पुर्ण रुपले जल्नुका साथै २० वटा भन्दा धेरै खसीबाख्रा जलेर मरेको नेकपा माओवादी केन्द्र जीराभवानी गाउँपालिकाका अध्यक्ष रामाकान्त प्रसाद चौधरीले जानकारी दिए।

राति करीब १ बजेतिर भएको आगलागीका कारण घर र गाेठ पुर्ण रुपमा जलेको चौधरीले जानकारी दिए । जाडोमा आगो ताप्न बालिएको घुरबाट आगो सल्किएको अनुमान गरिएको स्थानीय बासीलाई उद्धृत गर्दै चौधरीले बताए। रातको समयमा भएको आगलागीका कारण कति क्षति भयो भन्ने यकिन विवरण प्राप्त भईनसकेकाे जीराभवानी -५ का स्थानीय समेत रहेका चौधरीले बताए ।

Related posts

वीरगन्जको बाल सुधार गृह : सुधार हुँदैछ व्यवस्था, उज्यालिँदैछ बालकहरूको भविष्य

MadhesKhabar

सडकमा छाडा कुकुरका कारण सर्वसाधारण हैरान

MadhesKhabar

पर्साको जिल्ला प्रशासन कार्यालयमा सिडिओ अर्यालको पहलमा पहिलो पटक इजलाश कक्ष स्थापना

MadhesKhabar

Leave a Comment