वीरगन्ज,२८पुसः जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साको अध्यक्षमा हरेराम पटेल निर्वाचित भएका छन् ।शनिबार सम्पन्न संघको १७ औं साधरणसभामा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनबाट संघको अध्यक्षमा पटेल निर्वाचित भएका हुन् । पटेल,२०७९ को निर्वाचनमा पर्सा क्षेत्र नम्बर २ को (ख) मा नेकपा एमालेबाट प्रदेशसभा सदस्यका उम्मेदवारपनि थिए ।
शनिबार भएको निर्वाचनको अबेर राति सम्पन्न मतगणनामा नेपाली कांग्रेस समर्थित अध्यक्षका उम्ममेदवार राकेश यादवलाई ३८ मतको फराकिलो मतान्तरले पराजित गर्दै पटेल संघको अध्यक्षमा विजयी भएका हुन् ।कूल १२६ मध्ये खसेको १२२ मतमध्ये पटेलले ७९ मत र यादवले ४१ मत पाएको निर्वाचन अअधिकृत रामनाराायण कुर्मीले जानकारी दिए ।
यस्तै संघको बरिष्ठ उपाध्यक्षमा जिस्नु बराल ७० मतका साथ विजयी हुदाँ उनका प्रतिस्पर्धी राजेन्द्र प्रसाद जयसवालले ५० मतमात्रै पाए ।उपाध्यक्षमा नगनारायण सिंह ६० मततका साथ ,महासचिवमा राजीव कुमार साह सोनार ६२ मतका साथ , कोषाध्यक्षमा अरुण कुमार साह ८१ मतका साथ र सचिवमा नरेश चौरसिया ७७ मतका साथ निर्वाचित भएका छन् ।
यसैगरि सदस्यहरुमा विश्वास प्रताप शाह,हृदय नारायण साह,मनु राउत कुर्मी ,धर्मनाथ कुशवाहा र महिला सदस्यमा सिता मुखिया बिन निर्वाचित भएको कुर्मीले जानकारी दिए । यस्तै लेखा समिति संयोजकमा मनोज गुप्ता तथा सदस्यमा नीरादेवी साह,रमेश कुमार दत्त निर्वाचित भएका छन् ।

