Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

वीरगन्ज महानगरद्वारा चार महिनामा २१ करोड ३ लाख राजस्व संकलन

वीरगन्ज,११मंसिर: वीरगन्ज महानगरपालिकाकाे कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा २१ करोड तीन लाख ९६ हजार ४०८ रुपैयाँ राजस्व संकलन गरेको छ । महानगरले गत साउनदेखि कात्तिकसम्मकाे अवधिमै सम्पत्ति करतर्फ ७ करोड ५६ लाख रुपैयाँ संकलन गरेको छ ।

महानगरले चालु आवको चार महिनामा भूमिगत-मालपोत करतर्फ ३७ लाख ६७ हजार ९८० राजस्व संकलन गरेको छ । त्यस्तै घरवहाल करतर्फ भने रु एक करोड ६० लाख ८६ हजार रकम उठाएको छ । त्यस्तै पूर्वाधार सेवाको उपयोगमा लाग्ने करतर्फ भने दुई करोड राजस्व संकलन गरेको छ ।

महानगरले अखेटोपहारमा लाग्ने करतर्फ भने पाँच करोड १० लाख राजस्व संकलन गरेको छ । अन्य सेवा शुल्कतर्फ भने रु एक करोड ४९ लाख ८३ हजार राजस्व संकलन गरेको छ । महानगरले विभिन्न २० शीर्षकमा कर उठाउने गर्छ ।

वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले महानगरले राजस्व संकलन बढाउनेतर्फ जनचेतना अभिवृद्धि गर्दै आइरहेको दावी गरे ‘महानगरको राजस्व अभिवृद्धि गर्नका लागि जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेका छौँ । यद्यपि अहिले पनि अपेक्षाकृत ढङ्गले राजस्व भने संकलन हुन सकिरहेको छैन,’उनले भने, “यहाँका जनतामा स्थानीय सरकारलाई कर तिर्नुपर्छ भन्ने जागरणको अभावको कारणले पनि समस्या भइरहेको छ ।’

Related posts

पर्साका ३ वटा निर्वाचन क्षेत्रमा एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत, एउटामा विवाद कायमै

MadhesKhabar

वीरगन्ज कारागारका मुस्लिम कैदीबन्दीलाई रमजान पर्व मनाउन मेयर सिंहले दिए खाद्यान्न सामग्री

MadhesKhabar

राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक हुबहु अघि बढाउने गठबन्धनको निर्णय

MadhesKhabar

Leave a Comment