Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

वीरगन्ज कारागारका मुस्लिम कैदीबन्दीलाई रमजान पर्व मनाउन मेयर सिंहले दिए खाद्यान्न सामग्री

वीरगन्ज,२५फागुनःवीरगन्ज कारागारमा रहेका मुस्लिम कैदीबन्दीलाई रमजानमा साँझको इफ्तारी गर्न वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले खाद्य सामग्री उपलब्ध गराएका छन् ।

कारागारमा रहेका करिब २ सय मुस्लिम कैदीबन्दीलाई पुग्ने सामग्री मेयर सिंहले व्यक्तिगत रूपमा उपलब्ध गराएका हुन् । मेयर सिंहले पठाएका ती सामग्री कारागारका निमित्त प्रमुख रुपक मण्डललाई हस्तान्तरण गरिएको मेयर सिंहका स्वकीय सचिव अफरोज आलमले जानकारी दिए ।

इफ्तारीका लागि आवश्यक पर्ने चिउरा, भुजा, मिठा, तेल, चना, रुवाब्जा तथा अन्य खाद्य सामग्री उपलब्ध गराइएको आलमले जानकारी दिए।

मुस्लिम समुदायको महत्वपूर्ण चाड रमजान अहिले चलिरहेको छ । एक महिनासम्म चल्ने रमजानका बेला मुस्लिम समुदाय दिनभर पानी समेत नखाई निराहार बस्ने परम्परा छ । साँझ भने इफ्तारी गर्ने गर्छन् । कारागारमा कैदी जीवन बिताइरहेकाहरूलाई इफ्तारी गर्न खाद्य सामग्रीको अभाव नहोस् भनेर महानगरका मेयर सिंहले व्यक्तिगत रूपमा तती सामान सहयोग गरेका हुन् ।

खाद्य सामग्री हस्तान्तरण गर्न खैरुद्धिन हवारी, भुषाल चौरसिया, हफिज मियाँ, सर्फुद्दिन मियाँ, सलाउद्दिन मियाँलगायतको टोली कारागार पुगेको थियो ।

Related posts

पर्साको रंगपुरटाँडीमा १ करोड बढीको लागतमा आधुनिक कृषि बजार निर्माण हुदैं

MadhesKhabar

जसपा नेपालबाट फुटेर बनेकाे नयाँ दल जसपालाई निर्वाचन आयाेगले दियाे वैधानिकता

MadhesKhabar

मानवीय क्षति अन्त्य गर्न वन्यजन्तुु नियन्त्रणको उपाय अपनाउछौं : वनमन्त्री यादव

MadhesKhabar

Leave a Comment