Madhes Khabar
राष्ट्रिय हेडलाइन

एमालेको चुनावी घोषणापत्र : नागरिकता नेपालीलाई मात्र

मधेसखबर
वीरगन्ज,१५ कार्तिक : नेकपा (एमाले) ले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ।

मङगलबार काठमाण्डौको होटल याक एन्ड यतिमा एमाले अध्यक्ष केपी ओलीले सार्वजनिक गरेको चुनावी घोषणापत्रमा एमालेले नागरिकताको विषय पनि समेटेको छ ।
विभिन्न २० वटा ग्यारेन्टी समावेश गरिएको घोषणापत्रमा ग्यारेन्टी नम्बर २ मा भनिएको छ– नागरिकताः नेपालीलाई मात्र ।

घोषणापत्रमा भनिएको छ, ‘हाम्रा काम राष्ट्रिय गौरव बढाउन र सबै नागरिकको सम्मानजनक जीवनस्तर हासिल गर्ने कार्यक्रममा केन्द्रित हुनेछन्। सरकार गठन भएको एक महिना भित्र वंशजका आधारमा नागरिकता दिने र ६ महिनाभित्र नागरिकता सम्बन्धी समस्या हल गरिनेछ,’।

पछिल्लो समय सरकारले ल्याएको नागरिकता सम्बन्धी विधेयकको एमालेले विरोध गरेको थियो। एमालेको विरोधका बाबजुद् विधेयक दुई पटक संसदबाट पारित भए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी थिइनन् ।

Related posts

वेस्ट इन्डिजलाई हराउँदै भारत टी-२० विश्वकपको सेमिफाइनलमा

MadhesKhabar

पर्सा–४ का कांग्रेस नेता–कार्यकर्तालाई बोलाएर पूर्वमन्त्री रिजालले भने : अब म चुनाव लड्दीन

MadhesKhabar

बलिदानी दिवसमा मधेस सरकारले सहिद परिवारलाई बाँड्यो ३/३ लाख

MadhesKhabar

Leave a Comment