Madhes Khabar
राष्ट्रिय हेडलाइन

एमालेको चुनावी घोषणापत्र : नागरिकता नेपालीलाई मात्र

मधेसखबर
वीरगन्ज,१५ कार्तिक : नेकपा (एमाले) ले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ।

मङगलबार काठमाण्डौको होटल याक एन्ड यतिमा एमाले अध्यक्ष केपी ओलीले सार्वजनिक गरेको चुनावी घोषणापत्रमा एमालेले नागरिकताको विषय पनि समेटेको छ ।
विभिन्न २० वटा ग्यारेन्टी समावेश गरिएको घोषणापत्रमा ग्यारेन्टी नम्बर २ मा भनिएको छ– नागरिकताः नेपालीलाई मात्र ।

घोषणापत्रमा भनिएको छ, ‘हाम्रा काम राष्ट्रिय गौरव बढाउन र सबै नागरिकको सम्मानजनक जीवनस्तर हासिल गर्ने कार्यक्रममा केन्द्रित हुनेछन्। सरकार गठन भएको एक महिना भित्र वंशजका आधारमा नागरिकता दिने र ६ महिनाभित्र नागरिकता सम्बन्धी समस्या हल गरिनेछ,’।

पछिल्लो समय सरकारले ल्याएको नागरिकता सम्बन्धी विधेयकको एमालेले विरोध गरेको थियो। एमालेको विरोधका बाबजुद् विधेयक दुई पटक संसदबाट पारित भए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी थिइनन् ।

Related posts

जेनजी आन्दोलनमा मारिएका वीरगन्जका युवा आलमको शवमा राष्ट्रिय झण्डा ओढाएर गरियो अन्त्येष्टि

MadhesKhabar

जनमत पार्टीका मन्त्री भन्छन् : सरकारमा रहने वा नरहने भाेलि फाइनल हुन्छ

MadhesKhabar

मओवादीका उम्मेदवारलाइ झुक्याएर विष खुवाएको भन्दै राजमार्गमा प्रदर्शन

MadhesKhabar

Leave a Comment