Madhes Khabar
स्थानिय

नदी अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरु खाली गर्न वीरगन्ज महानगरको १५ दिने अल्टिमेटम

वीरगन्ज,२५पुस:वीरगन्ज महानगरपालिकाले नदी किनार अतिक्रमण गरी निर्माण गरिएका संरचना खाली गर्न सूचना जारी गरेको छ।महानगरभित्र पर्नने सिरिसिया, तिलावे र सिंगहा नदी अतिक्रमण गरी बनाइएका संरचना तत्काल हटाउन र उक्त नदीको केन्द्रभागबाट ३० मिटर भित्र कुनै पनि संरचना निर्माण नगर्न पनि सूचनामा चेतावनी दिइएको छ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले शुक्रबार एक सूचना जारी गर्दै महानगरपालिकाको बस्ती विकास शहरी योजना तथा भवन निर्माण मापदण्ड तथा भवन निर्माण इजाजत सम्बन्धी कार्यविधी २०७५ को दोस्रो संशोधन २०७८ अनुसार मात्रै संरचना बनाउन पनि सबैमा अनुरोध गरेका छन्।सिरिसिया, तिलावे र सिंगहा नदीको केन्द्र भागबाट ३० मिटर दायाँ बायाँ छाडेर मात्रै संरचना बनाउन र ३० मिटरभित्र रहेका संरचना १५ दिनभित्र खाली गर्न सूचनामा उल्लेख छ।

कर्णले जारी गरेको सूचनामा भनिएको छ, ‘ सिरिसिया, तिलावे र सिंगहा नदीको केन्द्र भागबाट ३० मिटर दायाँ बायाँ भित्र निर्माण कार्य नगर्न नगराउन साथै त्यसभित्र निर्माण भएका संरचना १५ दिनभित्र खाली गरिदिनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।’

नदी अतिक्रमण गरेर संरचना बनाउँदा नदीको बहाव रोकिएर वर्षायाममा डुबानको समस्या आउने हुँदा नदीको आधार क्षेत्रमा कुनै पनि संरचना नबनाउन वीरगन्ज महानगरले आग्रह गरेको हो ।

Related posts

वीरगन्जमा हैजा नियन्त्रणका लागि महानगरका मेयर सिंह सक्रिय

MadhesKhabar

वीरगन्जका फोटोग्राफर पौडेल तथा सञ्चारकर्मीद्वय साह काठमाडौंमा सम्मानित

MadhesKhabar

वीरगन्जमा चामल बाँडेको आरोपमा एक व्याक्ति नियन्त्रणमा

MadhesKhabar

Leave a Comment