Madhes Khabar
धर्म/संस्कृति पर्यटन

गौरमा उत्खनन गर्दा भेटियो सिम्रौनगढ साम्राज्यका ७ सय वर्ष पुरानो संरचना

रौतहट,२३पुसःरौतहट सदरमुकाम गौर नगरपालिका २ मा रहेको पुरानो बानेश्वरनाथ महादेव मन्दिरको परिसरमा करिब सात सय वर्ष पुरानो संरचना भेटिएको छ । पुरातत्व विभाग र गौर नगरपालिकाको समन्वयमा भइरहेको उत्खनन तथा अध्ययनको क्रममा चालिस इन्च चौडा गारो भएको घरको संरचना फेला परेको दाबी गरिएको छ ।

पुरातत्व विभागका पुरातत्वविद देवेन्द्रनाथ तिवारीको नेतृत्वमा गत दुई हप्तादेखि गरिरहेको अध्ययन, अनुसन्धान तथा उत्खननको क्रममा शताब्दियौँ पुरानो संरचना फेला परेको हो । पुरातत्वविद तिवारीले नेपालमा पहिलो पटक इँटामा मानिसको हातको औँलाको छाप भएको चिन्ह भेटिएको बताएका छन् । तिवारीले भने,’नेपालकै लागि यो एउटा उपलब्धि हो । अहिलेसम्म नेपालमा आफूले कुनै पनि संरचनामा नदेखेको कुरो यहाँ देखिएको छ ।’

गौर नगरपालिकाका मेयर शम्भु साहले विगत दुई वर्षदेखि पुरातात्विक विभागमा उत्खननका लागि औपचारिक प्रयास गरेका थिए । नगरपालिकाकै लगानीमा पुरातत्व विभागद्वारा अध्ययन तथा उत्खनन भइरहेको छ ।

उत्खनन गर्दा सिमरौनगढकै राजाको समयका इँटाहरू प्राप्त भइरहेको बताइएको छ । स्थानीयले पनि राजा सेवई सिंहको पालाको महादेव मन्दिर रहेको बताउने गरेका छन् । मन्दिरको ऐतिहासिकताको विषयमा ठोस कुरा जान्नुपर्ने माग उठेपछि नगर परिषदबाट पास गराएर मेयरर साहले औपचारिक अनुसन्धान थालेका छन् ।

पुरातात्विक विद देबेन्द्र तिवारीले उत्खननका क्रममा धेरै महत्वपूर्ण उपलब्धिहरू प्राप्त भएको बताए । चार फिट तल उत्खनन गर्दा गारो फेला परेको छ । त्यसमा प्रयोग भएको इँटा २८ सेन्टिमिटर लम्बाई, २० सेन्टिमिटर चौडाइ र ६ सेन्टिमिटर बाक्लो रहेको जानकारी दिँदै उनले यो इँटा सिम्रौनगढको तत्कालीन साम्राज्यका समयका झण्डै सात सय बर्ष पुरानो इँटा रहेको स्पष्ट पारे ।

मन्दिरको पछाडि विश्वकर्मा मन्दिरको दक्षिण तर्फ उत्खनन गर्दा पाँच दिनसम्म खास केही नभेटिएको तर त्यसपछि महत्त्वपूर्ण अवशेषहरू भेटाउन थालेको उनले बताए । बाटो छेउमा खन्दा माटोका पुतलाहरू प्रशस्त पाइएको र मन्दिरको पूर्व तर्फ अगाडी पटी चार फिट खन्दा सात सय बर्ष पुरानो इँटाले बनाइएको गारो भेटिएको बताए ।मदन ठाकुर/नागरिक

Related posts

सखुवा प्रसाैनीकाे रामभाैरीमा श्रीमद् भागवत महायज्ञ सुरु,निकालियाे भब्य कलश यात्रा

MadhesKhabar

मधेसमा छठ पर्बको रौनक शुरु

MadhesKhabar

कश्मीरकाे आतंकवादी हमलाले नेपालमापनि सुरक्षा चिन्ता बढाएकाे राष्ट्रिय एकता अभियानकाे ठहर

MadhesKhabar

Leave a Comment