Madhes Khabar
धर्म/संस्कृति

गाै हत्याकाे विराेध गर्दा काठमाडौंमा १५ हिन्दुवादी नेताहरु पक्राउ

काठमाडौं ,७भदाैं: काठमाडौंमा गौ हत्याको विरोध गर्दा राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादव सहित १५ जना संसद भवन अगाडिबाट पक्राउ

काठमाडाैंकाे नयाँ बानेश्वर स्थित संघीय संसद भवन आगाडीबाट राष्ट्रिय एकता अभियानका अध्यक्ष यादव लगायत सदस्यहरूलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

नेपालको राष्ट्रिय जनावर गाईलाई हत्या गरेको विरुद्ध नाराबाजी गर्दा राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष यादव, नेता बिपी यादव, काठमाडौं सम्पर्क मंचका संयोजक विनोद कुमार सिंह, अभियानका केन्द्रिय सदस्य उमेश सिंह, राकेश सिंह ,गणेश कुमार सिंह,संतोष मिश्रा लगायत अभियानका विभिन्न कार्यकरतालाई प्रहरीले पक्राउ गरी तीनकुने स्थित प्रहरी वृतमा राखेकाे छ।

नयाँ बानेशवरस्थित संघीय संसद भवन अगाडि गौ हत्याका मतियार प्रधानमन्त्री प्रचण्ड राजीनामा दे, गौ हत्या बन्द गर, प्रधानमन्त्री राजीनामा देऊ,संविधानको रक्षा गर,गौवंशलाई हत्या गर्नेहरुलाई कारवाही गर जस्ता नारा लगाउदै विरोध प्रदर्शन गर्दा उनीहरू पक्राउ परेका हुन्।

केही दिन अगाडी कोशी प्रदेशको धरानमा एक समुदायका व्यक्तिहरुले सार्वजनिक रुपमै गोरु काटेर भोजभतेर गरेको भिडियो समाजिक सन्जालमा आए पछि त्यसकाे चौतर्फी विरोध हुँदै आएको छ ।

बुधबार मात्रै मधेस प्रदेशको सिरहा जिल्लाको पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिरहाको चोहर्बामा हिन्दु सम्राट सेनाले जसपाकी सांसद तत्माविरुद्ध प्रदर्शन गरेको थियो। संविधानमा गाई गोरु काटेर खान नहुने उल्लेख हुँदाहुँदै जसपाकी सांसद तत्माले फेसबुक पोष्टमा “गाई गोरु खानेलाई खान दिनुपर्छ” भन्ने टिप्पणी गरेपछि उनको चौतर्फी विरोध भएको हो ।

Related posts

आज यमपञ्चककाे दाेस्राे दिन लक्ष्मी पूजा मनाइदैं

MadhesKhabar

वीरगन्जमा पहिलो पटक गहवामाईको भब्य डोली यात्रा निकालिदैं

MadhesKhabar

प्रहरीले पक्राउ गर्ने सूचना पाएपछि वीरगन्जबाट काली कम्बल वाला बाबा फरार

MadhesKhabar

Leave a Comment