Madhes Khabar
स्थानिय हेडलाइन

वाईफाई नेपालको बम्पर उपहार विजेता विशालले वीरगन्जमा पाए स्कूटर

वीरगन्ज,२२पुसःईन्टरनेट सेवा प्रदायक कम्पनि वाईफाई नेपाल प्रालिले बितेको बडा दशैंको अवसरमा आयोजना गरेको ‘दशैंको बहार,खल्तीबाट पेमेन्ट गर्दा स्कूटर उपहार’ योजना अन्तर्गत बम्पर उपहारको विजेता बन्न सफल विशाल नेपाललाई स्कुटर प्रदान गरिएको छ ।

सोमबार वीरगन्जको क्लार्क रिसोर्टमा आयोजित समारोहमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ नरबस्तीका नेपाललाई सुजुकी कम्पनिको स्कूटर प्रदान गरिएको हो । उक्त समारोहमा वाईफाई नेपालका ब्राण्ड एम्बेस्डर तथा नेपाल क्रिकेट संघ )क्यान) का सचिव पारस खड्काले बम्पर उपहारको विजेता बन्न सफल नेपालकी आमा मिना देवी नेपाललाई स्कूटरको चाबी हस्तान्तरण गरे ।
वाइफाई नेपालको बम्पर उपहारका विजेता नेपाल भने हाल अध्ययनका शीलशीलामा जापानमा रहेकाले कार्यक्रममा उनि उपस्थिती हुन नसकेपछि उनकी आमा मिना देवीलाई स्कूटर हस्तान्तरण गरिएको वाईफाई नेपाल प्रालिका सिईओ(प्रमुख कार्यकारी अधिकृत) शत्रुधन पञ्जियारले बताए ।

पञ्जियारका अनुसार, बितेको बडादशैंको अवसरमा वाईफाई नेपाल प्रालिले खल्ती एपबाट ईन्टरनेट सेवाको भुक्तानी गर्ने आफ्ना ग्राहकहरुका लागि ‘दशैंको बहार,खल्तीबाट पेमेन्ट गर्दा स्कुटर उपहार’ योजना गत असोज १ देखि कार्तिक मसान्तसम्मका लागि सञ्चालन गरेको थियो । त्यसमा झण्डै ५२ हजार ग्राहक समावेश भएकोमा बाराका नेपाल बम्पर उपहार विजेता बन्न सफल भएको पञ्जियारले बताए ।

उनका अनुसार, देशैभर वाईफाई नेपाल प्रालिका हाल ६० हजार बढी ग्राहक रहेका छन् ।वाईफाई नेपाल प्रालिले देशैभर आफ्नो सेवा प्रदान गरिरहेको भन्दै पञ्जियारले वीरगन्जमापनि सोमबारदेखि नै आफ्नो शाखा औपचारिक सञ्चालनमा ल्याएको जानकारीसमेत गराए ।

उनले भने,‘स्थापनको ३ वर्षमै हामीले देशभर ६० हजार ग्राहक बनाउन सफल भएका छौं।वीरगन्जमापनि ग्राहकबाट राम्रो प्रतिक्रिया आइरहेको छ ।कोहिपनि ग्राहककोमा प्राविधिक समस्या आउने बित्तिक्कै समयमै ग्राहककोमा पुगेर समाधान गरिदिने गरेका छौं । हाम्रो सेवालाई ग्राहकले रुचाइ दिएकापनि छन् ।’

 

Related posts

सरकारले बढायो रासायनिक मलको मूल्य (बढेकाे मुल्यसुची सहित)

MadhesKhabar

९ महिनामा पर्साका सरकारी कार्यालयहरुको पुँजीगत खर्च २८ प्रतिशतमात्र

MadhesKhabar

भारतले प्याजमा लगायो ४० प्रतिशत निर्यात कर, अब नेपालमा महँगिने

MadhesKhabar

Leave a Comment