Madhes Khabar
राजनीति

अब वर्षाको समयमा पनि मेलम्चीको पानी बन्द हुने छैन : मन्त्री यादव

काठमाडौं,१८पुस : खानेपानीमन्त्री प्रदीप यादवले आगामी वर्षदेखि वर्षाको समयमा पनि मेलम्चीको पानी बन्द नहुँने गरी काम भइरहेको बताएका छन्।बिहीबार मन्त्रालयमा सञ्चारकर्मीहरुसंगको कुराकानीका क्रममा मन्त्री यादवले यसअघिका वर्षहरुमा वर्षाको समयमा मेलम्चीको पानी वितरण बन्दै गरिदै आएको भएपनि आगामी वर्षदेखि बन्द नगरी काठमाडौँ उपत्यकाका नागरिकलाई बाह्रै महिना शुद्ध पानी खुवाउने गरी काम भई रहेको बताए ।

“विगतका वर्षमा वर्षा सुरु हुने बित्तिकै मेलम्चीबाट आउने पानी बन्द हुने गर्थ्याे, तर अब हामीले वर्षाको समय भरी नै मेलम्चीको पानी सुचारु गर्ने गरी काम सुरु गरेका छौँ,” उनले भने, “आउदो वर्षबाट बाह्रै महिना नै मेलाम्चीको पानी वितरण गर्ने प्रणालीको विकास गर्ने काम अन्तिम चरणमा पुगेको छ । अब वर्षातको समयमा मेलम्चीको पानी बन्द गरिने छैन् ।”

मन्त्री यादवले अहिले पनि नेपालका विभिन्न जिल्लाका नागरिकले डोकोमा पानी बोक्नु पर्ने अवस्था कायमै रहेकाले नागरिकले खानेपानी डोकोमा बोकेर जोहो गर्नु पर्ने अवस्थाको अन्त्य गर्नका लागि मन्त्रालयले ठोस कदम चालिरहेको बताए।उनले भने, “म नेपालका तराई, पहाड र हिमाली जिल्लाका विकट गाउँबस्तिमा पुगी सकेको छु । कतिपय गाउँ त पानीका लागि बसाइँ सराइँ गर्नु पर्ने अवस्थामा छन् । ती क्षेत्रहरुका नागरिकका लागि शुद्ध खानेपानीको व्यवस्था गर्न मैले ठोस कदम चाल्दैछु ।”

काठमाडौँ उपत्यका सहित देशभरीका नागरिकलाई शुद्ध अनि सफा पानी वितरण गर्नका लागि मन्त्रालयले पछिल्लो समय खानेपानीका थुप्रै आयोजनाहरु अघि सारेको बताउँदै मन्त्री यादवले भने, “नागरिकलाई शुद्ध पानी खुवाउन मन्त्रालयले थुप्रै खानेपानीका आयोजनाहरु अघि सारेको छ । मेलम्ची नजिकै रहेको अर्को खोलाको पानी काठमाडौँ ल्याउने विषयमा पनि अध्यन सुरु भएको छ । सबैको पहुँचमा शुद्ध पानी पुर्‍याउँछु ।” मन्त्री यादवले हाल मेलम्चीबाट आइरहेको खानेपानी कुनै कारणबस बन्द भएमा अथावा बन्द गर्नु पर्ने अवस्था आइपरे मकवानपुरको सिस्नेरी खोलाबाट १४ करोड लिटर पानी ललितपुरमा ल्याएर नागरिकलाई वितरण गर्नका लागि पनि गृहकार्य भइरहेको बताए।उनले भने, “हाल सम्म मेलम्चीको विकल्प मेलम्ची नै हो तर केही कारण बस मेलम्चीको पानी बन्द भएमा सिस्नेरी खोलाबाट १४ करोड लिटर पानी ललितपुरमा ल्याएर पनि नागरिकलाई बितरण गर्ने गरी काम गर्दै छौँ ।”

देशका अधिकांश ठाउँमा अहिलेपनि खानेपानीको सहज पहुँच नरहेकाले ती स्थानमा खानेपानी आयोजना सञ्चालन गरेर घरघरमा धारा र सबै नागरिकमाझ स्वच्छ, सफा खानेपानी पुर्‍याउन योजनाबद्ध ढङ्गले काम गरिरहेको मन्त्री यादवले जानकारी दिए ।

Related posts

रास्वपामा समानुपातिक उम्मेदवारका लागि आवेदन शुल्क ५० हजार

MadhesKhabar

चितवन ३ नछाड्न प्रचण्डलाई गठबन्धनकाे आग्रह

MadhesKhabar

प्रधानमन्त्रीलाई सांसद यादवको प्रश्न : के सरकारले मधेसलाई मरुभूमी बनाउन खोजेको हो ?

MadhesKhabar

Leave a Comment