Madhes Khabar
राजनीति

मधेस आन्दोलनमा सकृय रुपमा लागेका वीरगन्जका युवा नेता गुप्ता जनमत पार्टीमा प्रवेश

वीरगन्ज,२७असाेज:मधेस आन्दोलनमा सकृय रुपमा लागेका वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका युवा नेता अजयकुमार गुप्ता जनमत पार्टीमा प्रवेश गरेका छन्।

आइतबार जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ र नेतृ अनिता राैनियारकाे हातबाट पार्टी सदस्यताकाे पत्र लिएर युवा नेता जनमत पार्टीमा प्रवेश गरेका हुन्।

जनमत पार्टीमा प्रवेश गरेका युवा नेता गुप्ताले मधेसकाे मुक्ति र मधेसी जनताकाे हकअधिकारका लागि सडकदेखि सदनसम्म संघर्ष गर्ने एकमात्र दल जनमत पार्टी भएकाले आँफु प्रवेश गरेकाे प्रतिक्रिया दिए।जनमत पार्टीका अध्यक्ष डा.सिके राउतकाे राजनीतिक दूरदर्शिता र नीतिलेपनि आँफुलाई प्रभावित पारेकाे उनले बताए ।

त्यसअवसरमा जनमत पार्टी पर्साका अध्यक्ष सर्राफले मधेस आन्दाेलनमा मधेस र मधेसीकाे हकअधिकारका लागि ज्यान फालेर लागेका गुप्ता जस्ता युवा नेताहरुकाे पार्टी प्रवेशले जनमत पार्टी अझ सशक्त बन्दै जाने बताए ।जनमत पार्टीकाे लाेकप्रियता मधेसमा बढ्दै गएको जिकिर उनले गरे।

Related posts

आयाे सर्वाेच्चकाे फैसला :२४ घण्टाभित्र विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवलाई आदेश

MadhesKhabar

पर्सा–१ का मतदाता भन्छन् : हामीले खोजेको नेता प्रदीप यादव नै हुन्

MadhesKhabar

भन्सारको नाममा सरकारले मधेसमा लुट मचाएको पूर्वमन्त्री साहको आरोप

MadhesKhabar

Leave a Comment