Madhes Khabar
समाज

पर्साकाे सखुवा प्रसौनी गाउँपालिकामा दलित दबाब समूह गठन

वीरगन्ज,१८पुस:पर्साकाे सखुवा प्रसाैनी गाँउपालिकामा दलित दबाब समूह गठन गरिएको छ।बुधबार सम्पन्न गाँउपालिका स्तरीय दलित भेलाले हरिलाल रामकाे अध्यक्षतामा ९ सदस्यीय दलित दबाब समुह गठन गरिएको हाे।

पिस फाेर दलित फाउन्डेसनकाे पहलमा गठित दलित समुहकाे उपाध्यक्षमा छनु पासवान,सचिचवमा हाकिम मुसहर , कोषाध्यक्षमा महेश राम तथा सदस्यमा सुरेन्द्र पासवान, तेतरी देवी लगायत रहेका छन्।

दलित समुदायको सामाजिक न्याय , सामाजिक स्वतन्त्रता , सामाजिक रुपान्तरण , शिक्षा , राजनीतिमा पहुँच तथा राजनीतिमा नेतृत्वका लागि दलित दबाब समूह गठन गरिएको पिस फाेर दलित फाउन्डेसनका अध्यक्ष मनाेज रामले बताए ।

दलित समुदाय सबै क्षेत्रबाट बन्चित रहेकोेले सबै क्षेत्र र अधिकारको लागि संघर्ष गर्नका लागि पनि दलित दबाब समुह गठन गरिएको उनले बताए।

भेलामा अबकाे निर्वाचनमा दलित समुदायबाट प्रत्येक वडामा वडाध्यक्षकाे उम्मेदवार बनाउने , दलित समुदायको आत्मबल बढाउने, वडा देखि स्थानीय तहसम्म पहुँच अभिवृद्धि गर्ने,दलित समुदायलाई एकीकृत गर्ने विषयमा पनि छलफल भएको रामले जानकारी दिए।

दलित अगुवा, दलित महिला लगायतकाे सहभागीता रहेकोे भेलामा सहजिकरण पिस फोर दलित फाउन्डेसनका अध्यक्ष रामले गरेका थिए ।

Related posts

बाल अधिकार संरक्षणका लागि सबैको भुमिका महत्वपुर्ण —सिडिओ

MadhesKhabar

साथीले बोकेको बन्दुक पड्किंदा गोली लागेर एक जनाको मृत्यु

MadhesKhabar

मानव सेवा आश्रमद्वारा बाराको नौतन चोकबाट एक बेवारिसे पुरुषको उद्धार

MadhesKhabar

Leave a Comment