Madhes Khabar
समाज

मानव सेवा आश्रमद्वारा बाराको नौतन चोकबाट एक बेवारिसे पुरुषको उद्धार

वीरगन्ज,१८जेठःमानव सेवा आश्रम वीरगन्ज शाखाले बाराको नौतन चोकबाट मानसिक अवस्था कमजोर भई लामो समयदेखि सडकमै कष्टकर जीवन बिताउँँदै आएका एक पुरुषलाई उद्धार गरेको छ ।

आफ्नो नाम ठाकुर जी बताउने अन्दाजी ४५ वर्षीय ती पुरुषलाई आइतबार दिउँसो मानव सेवा आश्रम वीरगन्ज शाखाको टोलीले नौतन चोकबाट उद्धार गरेको हो ।

बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ५ नौतन चोकमा अलपत्र अवस्थामा रहेका ती पुरुषलाई प्रहरीको सहयोगमा उद्धार गरेर वीरगन्जस्थित मानव सेवा आश्रम ल्याएर राखिएको मानव सेवा आश्रम वीरगन्ज शाखाका संस्थापक देवेश गुप्ता मानवसेवाले जानकारी दिए । आश्रममा ल्याइएका ती पुरुषलाई सरसफाई र नुहाइ धुवाई गरेपछि मानसिक रोग विशेषज्ञ डाक्टर भरत गोईतको निगरानीमा औषधि उपचार सुरु गरिने उनले बताए ।

उद्धार कार्यमा मानवसेवा आश्रम वीरगन्जका संस्थापक देवेश गुप्ता, मानवसेवा आश्रमका अभिभावक एंव सामाजिक अभियन्ता प्रकाश थारु, इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठ, गाँउपालिकाका नगर प्रहरी समसुल मियाँ धोबी लगायतकाकोपनि सहभागिता थियो ।

Related posts

घुस रकम सहित पक्राउ परेका नापी कार्यालयका बिचौलीया पाण्डे रिहा

MadhesKhabar

मानवसेवा आश्रम अभिभावक परिवार पर्साको संयोजकमा हरि गौतम

MadhesKhabar

अस्पतालको शैयाबाट दाईको अपिल : पैसा नहुदाँ भाईको उपचार गर्न सकिएन, सहयोग गरिदिनुस्

MadhesKhabar

Leave a Comment