Madhes Khabar
स्थानिय

वीरगन्जमा मालवाहक ट्रकबाट १६० केजी गाँजा बरामद,चालकसहित २ जना पक्राउ

वीरगन्ज,१५पुसःवीरगन्जमा मालवाहक ट्रकबाट १ क्वीन्टल गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गाँजा र मानिससहित ट्रकपनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा ट्रकका धनीसमेत रहेका मकवानपुरको हेटौंडा उपमहानगरपालिका–७ कमानेका ४४ वर्षिय कृष्ण घलान र चितवनको राप्ती नगरपालिका–३ झुरझेरका २० वर्षिय राृजाल विश्वकर्मा रहेका छन् ।

आइतबार राति परवानीपुरबाट वीरगन्जको ड्राइपोर्टतर्फ आउँदै गरेको ना. ३ ख ४२१२ नम्बरको ट्रक वीरगन्ज महानगरपालिका–१८ भवानीपुरमा प्रहरीले रोकेर चेकजाँच गर्दा ट्रकको हुटमा फल्स बटम बनाएर लुकाएर राखिएको १६ वटा पोकामा रहेको १ क्वीन्टल ६० केजी गाँजा बरामद भएको हो ।

ट्रकबाट गाँजा बरामद भएपछि त्यसका चालक र गाडीधनी भलान र त्यसमा सवार विश्वकर्मालाई ट्रकसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए ।

गाँजासहित पक्राउ परेका दुवै जनालाई प्रहरी हिरासतमा राखेर उनिहरुविरुद्ध लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक लम्सालले जानकारी दिए ।

Related posts

वीरगन्जमा छिन् छिन् मा लाइन कट्ने समस्या तत्काल समाधान गर्न विद्युत प्राधिकरणलाई मेयर सिंहकाे निर्देशन

MadhesKhabar

वीरगन्ज सहरकाे सरसफाईमा हेलचेक्रयाई गर्ने कर्मचारीलाई कारबाही गर्ने मेयर सिंहको चेतावनी

MadhesKhabar

वीरगन्जको विद्युत प्राधिकरणमा तालाबन्दी गर्ने तरुण दलकाे चेतावनी

MadhesKhabar

Leave a Comment