Madhes Khabar
अन्तर्राष्ट्रिय

भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहकाे निधन

वीरगन्ज,११पुस:भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहकाे निधन भएको छ।कांग्रेस आईका बरिस्ठ नेतासमेत रहेका सिंहकाे ९२ वर्षको उमेरमा बिहीबार राति निधन भएको हाे ।

स्वास्थ्यमा गम्भीर समस्या आएपछि डा. सिंहलाई बिहीबार साँझ दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो ।त्यँही उपचारको क्रममा उनकाे राति ९ बजेर ५१ मिनेटमा निधन भएको हाे ।

डा. सिंहले यसै वर्ष राज्यसभा सदस्यको रूपमा आफ्नो ३३ वर्षको सेवा अवधि समाप्त गरेपछि संसदको उच्च सदनबाट अवकाश लिएका थिए ।बिहीबार साँझ कांग्रेस आईका नेता प्रियंका गांधी लथायतका नेताहरू सिंहको स्वास्थ्यको अवस्था बुझ्न एम्स अस्पताल पुगेका थिए ।

सन् १९९१ देखि राज्यसभाको सदस्य रहेका डा. सिंहले १९९८ देखि २००४ सम्म प्रतिपक्षी दलका नेता तथा त्यसपछि प्रधानमन्त्रीको रूपमा कार्य गरेका थिए । उनले सन् २००४ देखि २०१४ सम्म भारतकाे प्रधानमन्त्रीकाे जिम्मेवारी सम्हालेका थिए।

सन् १९९१ देखि १९९६ सम्म नरसिंह राव नेतृत्वको सरकारमा वित्त मन्त्रीको रूपमा कार्यरत डा. सिंहले समाजवादी युगका नीतिहरूबाट देशलाई मुक्त गर्दै उदारीकृत अर्थतन्त्रतर्फ लैजान प्रमुख भूमिका खेलेका थिए ।

Related posts

भारतको ८ शहरमा एकसाथ सुरु भयो फाइभ–जी मोबाइल सर्भिस

MadhesKhabar

कांग्रेस नेता राहुल गान्धी युपीको रायबरेलीबाट पनि उम्मेदवार बन्दै

MadhesKhabar

भाजपा सांसद कंगना रनाैतलाई महिला जवानले हानिन् थप्पड

MadhesKhabar

Leave a Comment