Madhes Khabar
खेलकुद

अनिल साहले सुदूरश्चिमसंगको खेल गुमाउने पक्का,कप्तानीको जिम्मा आसिफलाई

काठमाडौं,२पुस : जनकपुर बोल्ट्सका कप्तान अनिल साहले नेपाल प्रिमियर लिग(एनपीएल)को बुधबार हुने सुदूरपश्चिम रोयल्सविरुद्धको खेल गुमाउने भएका छन्। हातमा लागेको चोटका कारण उनले क्वालिफायर खेल गुमाउने भएका हुन्।

गत शनिबार चितवन राइनोजविरुद्धको खेलमा उनले हातको नाडीमा चोट बोकेका थिए। त्यस खेलमा अनिल ८ रन बनाएर पेभेलियन फर्किएका थिए।

नाडीमा गम्भीर चोट लागेका कारण उनको खेल अनिश्चित भएको जनकपुरका बोल्ट्सका व्यवस्थापक अनुज जैसवालले बताए। औंलामा गभ्मीर चोट लागे पनि मेडिकल रिपोर्ट आउन बाँकी रहेको उनले बताए। ‘आज बेलुकासम्म रिपोर्ट आउने कुरा छ। रिपोर्ट नआउँदासम्म ठ्याक्कै आगामी रणनीतिबारे भन्न सकिन्नँ,’ उनले भने।

स्रोतका अनुसार अनिलको चोट गम्भीर रहेकाले उनले खेल गुमाउने पक्का भएको छ। बुधबार सुदूरपश्चिमविरुद्ध हुने क्वालिफायर खेलमा आसिफ शेखले कप्तानी गर्ने स्रोतको दाबी छ। ‘टिमलाई अब मार्की खेलाडीसमेत रहेका आसिफ शेखले कप्तानी गर्नेछ। अनिल चोट बोकेका कारण आराममा बस्नेछन्,’ स्रोतले भन्यो।

एनपीएलको लिगचरणको खेलमा जनकपुरले ५ खेल जितेको थियो भने दुई खेलमा पराजित भएको थियो। जनकपुर सुदूरपश्चिम र चितवनसंग पराजित हुँदा विराटनगर, काठमाडौं, गण्डकी, लुम्बिनी र कर्णालीलाई हराएको थियो। साभार:अन्नपूर्णपाेष्ट

Related posts

न्युजिल्यान्डलाई हराउँदै भारतले १२ बर्षपछि फेरि जित्याे च्याम्पियन्स ट्रफी

MadhesKhabar

ऐतिहासिक जितसहित नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट

MadhesKhabar

दक्षिण अफ्रिकालाई हराउँदै भारत यू–१९ विश्वकपकाे फाइनलमा

MadhesKhabar

Leave a Comment