Madhes Khabar
खेलकुद

नेपालले पाकिस्तानलाई हरायो

काठमाडौं,१पुषः मलेसियामा जारी एसीसी यू–१९ महिला एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई हराएको छ ।सोमबार भएको नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको हो ।

१०५ रनको लक्ष्य नेपालले १९ ओभर खेल्दै ४ विकेटको क्षतिमा पुरा गर्यो । नेपालको लागि कप्तान पुजा महतोले सर्वाधिक अविजित ४७ रन बनाइन् ।सोनी पाख्रिनले १३ तथा ओपनर सना प्रवीनले १० रन बनाइन् ।

त्यसअघि पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाएको थियो । पाकिस्तानका लागि कोमल खानले ३८ रन बनाइन् ।
पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भइसकेको थियो । नेपाल सुपर फोरमा समेत प्रवेश गरेको छ ।

 

Related posts

ऐरीले किर्तिमानी ब्याटिङ गरेकाे खेलमा कतारमाथि नेपालकाे सहज जित

MadhesKhabar

भारतले फेरि हरायाे पाकिस्तानलाई,काेहलीकाे सानदार शतक

MadhesKhabar

भारतले श्रीलंकालाई दियाे ३५८ रनकाे विशाल लक्ष्य

MadhesKhabar

Leave a Comment