Madhes Khabar
खेलकुद

लखनउमाथि दिल्लीकाे सहज जित

Photo by Arjun Singh / Sportzpics for IPL

वीरगन्ज,२जेष्ठ:भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेट अन्तरगत मंगलबार राति भएकाे खेलमा लखनउ सुपर जायन्ट्स दिल्ली क्यापिटल्ससंग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा मंगलबार राति भएको खेलमा लखनउ दिल्लीसंग १९ रनले पराजित भएको हो ।

दिल्लीले दिएको २०९ रनको विशाल लक्ष्य पछ्याएको लखनउले ९ विकेटको क्षतिमा १८९ रन मात्र बनाउन सक्यो ।उसका लागि निकोलस पुरनले २७ बलमा ६ चौका रड ४ छक्का सहित सर्वाधिक ६१ रन बनाए । यस्तै अर्शद खानले ३३ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ५८ रन बनाए । क्रूनाल पण्ड्याले १८ तथा युधवीर सिंहले १४ तथा क्विन्टन डी ककले १२ रन जोडे ।

दिल्लीका लागि ईशान्त शर्माले ३ विकेट लिए भने खलिल अहमद, अक्षर पटेल, मुकेश कुमार, कुलदीप यादव ट्रिस्टन स्टब्सले समान १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले ४ विकेटको क्षतिमा २०८ रन बनाएको थियो । दिल्लीका लागि अभिषेक पोरेलले ३३ बलमा सर्वाधिक ५८ रन बनाए भने स्टब्सले २५ बलमा ५७ रन जोडे । साई होपले ३८ र ऋषभ पन्तले ३३ रन बनाए ।

बलिणलखनउका लागि नवीन उल हकले २ तथा अर्शद खान र रवि विश्नोइले १-१ विकेट लिए ।

यो जितसंगै दिल्लीको लिग चरणकाढ सबै खेल समाप्त भएका छन् ।दिल्लीले १४ खेलमा १४ अंक बटुलेको छ । लखनउको भने एक खेल बाँकी रहँदै १२ अंक छ ।

दिल्लीको प्लेअफ पुग्ने सम्भावना आधिकारिक रूपमा समाप्त नभएपनि सम्भावना न्यून रहेको छ । लखनउले पनि प्लेअफमा पुग्नका लागि अन्तिम खेलमा ठूलो अन्तरको जित हासिल गर्दै अन्य नतिजामा भर पर्नुपर्ने हुन्छ ।

Related posts

सोहेलको उत्कृष्ट स्पेलमा काठमाडौं १११ रनमै समेटियो

MadhesKhabar

उपाधिका लागि नेपालले आज ओमानसँग खेल्दै

MadhesKhabar

प्रधानमन्त्री कप क्रिकेट : एपिएफमाथि मधेसकाे सानदार जीत

MadhesKhabar

Leave a Comment