Madhes Khabar
समाचार

गढीमाई मेलाबाट फर्किदै गरेकाे स्कार्पियाे राैतहटमा दुर्घटना हुदाँ ८ जनाकाे मृत्यु

रौतहट,२५मंसिर :बाराकाे गढीमाई मेलाबाट फर्किदै गरेकाे स्कार्पियाे गाडी रौतहटमा दुर्घटना हुदाँ ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाइतेपनि भएका छन्।

पूर्व-पश्चिम राजमार्ग सडक खण्ड अन्तर्गतको लमहा जङ्गलमा गढीमाई मेलाबाट दर्शन गरेर फर्किने क्रममा बा१६च ३१६२ नम्बरको स्कार्पियो दुर्घटाना हुँदा घटना स्थलमै ८ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राइले बताए ।

दुर्घटनामा सिरहाकाे अर्नामा गाउँपालिका वडा नम्बर ३ का ६० वर्षीया लरुवदि देवी महरा, ३० वर्षीया उर्मिला देवि महरा, ५० वर्षीया रामकुमारी देवि महरा, ५५ वर्षीया महङ्गी देवि महरा, ६२ वर्षीया फुलबन्ती देवि चमार, ६० वर्षिया रामकुमारी देवि महरा ३० वर्षीया सकुन्तला देवि महरा र सोही गाउँपालिकाको वडा नम्बर ५ बलुवा टोलका स्कार्पियो चालक वर्ष ४०को शिव कुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्व पश्चिम राजमार्ग सडक खण्डमा राति १२:३० बजेको समयमा तीव्र गतिमा गुडिरहेको स्कार्पियाे गाडी करिब ३० मिटर जङ्गल भित्र रुखमा ठोकिएर दुर्घटना भएको थियो । दुर्घटनामा पाँच जना घाइते भएका र घाइते सबैको वीरगन्जको बयोधा मेडिसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Related posts

हिमाल आरोहणका लागि ९ सय ४५ जनालाई अनुमति

MadhesKhabar

पर्सामा बाख्राको खोरबाट ठूलो परिमाणमा लागू औषध चरेस बरामद

MadhesKhabar

“सुख–दुःखको साथी बन्छु” भन्दै पाण्डेयको जनतासँग प्रत्यक्ष भेटघाट

MadhesKhabar

Leave a Comment