बारा,१८मंसिरःबाराको बरियारपुरमा प्रत्येक पाँच वर्षमा लाग्ने विश्व प्रसिद्ध गढीमाई मेलाको अवसरमा बारा जिल्लाका १६ वटै पालिकाले ४ दिन सार्वजनिक बिदा दिएका छन् ।
गढीमाई क्षेत्रको पर्यटकीय, संस्कृतिक विकास र प्रवर्द्धन गर्न जिल्लाको सबैै पालिकाले स्थानिय चाड पर्व बिदा अन्तर्गत अत्याबस्यक वाहेक सबै संघ संस्थालाई मंसिर २१ गतेदेखि मंसिर २४ गतेसम्म सार्वजनिक बिदा दिएका हुन् ।
मंसिर १ गते देखि सुरु भएको गढीमाई मेलामा जिल्लाका पालिकाहरुले सार्वजनीक बिदा दिनुका साथै मेलामा आउने भक्तजनहरुका लागी मेला प्रवेश गर्ने बाटो सहजपनि बनाई दिएका छन् ।
भारतिय सिमाबर्ति क्षेत्रबाट आउने दर्शनार्थीहरुलाई भन्सार नाकामा सहजीकरण गरेको महागढीमाई नगरपालिकाले मेला वरपर अस्पताल तथा, शोैचालय, सहज बनाएको छ । नेपाल, भारत लगाएतका देशबाट आउने दर्शनार्थीहरुलाई निःशुल्क बस्ने, खान समेत स्थानीय पालिकाहरुले मेला स्थलमा गरेका छन् ।
मेलालाई व्यवस्थीत गर्न पालिकाहरुले प्रवेश गर्ने स्थानहरुमा गेट, बति, सौन्दर्यकरण गरेर १६ बटै पालिकाले गढीमाई मेलाकाको अपनत्व लिएको यो पहिलो पटक हो ।
गत मंसिर २ गते जिल्लाको १६ वटै स्थानीय सरकारका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतहरुको बसेको बैठकले गढिमाई मेला वयवस्थीत गर्न विभिन्न निर्णय गरेको थियो. । १ हजार विघा क्षेत्रफलमा लागेको प्रसिद्ध गढीमाई मेलामा नेपाल भारतका लाखौ भक्तजनहरु आउने क्रम सुरु भएसंगै जिल्ला सुरक्षा समितीले मेलालाई लक्षित गरी करिब १५ सय प्रहरी खटाएको छ ।
मेलाको विषेश पूजासँगै मंसिर २३ गते देखि मनोकमना पूरा भएका श्रदालुहरुले चढाउन ल्याउने रागां, बोका, कुखुरा, हास, परेवाको बलि दिईने मेला मूल आयोजक समितीले जनाएको छ ।

