Madhes Khabar
खेलकुद हेडलाइन

जनकपुरको लगातार दोस्रो जित, कर्णालीलाई ८ विकेटले हरायो

काठमाडौं,१७मंसिरःनेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ड्सले लगातार दोस्रो जित हात पारेको छ ।किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको आफनो दोश्रो खेलमा जनकपुरले कर्णाली याक्सलाई ८ विकेटले हराउँदै जारी प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको हो । यसअघि गत शनिबार भएको एनपीएलको उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो ।

सोमबार भएको खेलमा कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले १५.१ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । जनकपुरका लागि ओपनर ब्याटर तथा कप्तान अनिल साहले ४२ बलमा अविजित ६२ रन र आसिफ शेखले २९ बलमा ३६ रन जोडे । यस्तै लाहिरु मिलन्थाले २४ र जिमी नीशमले ११ रनको योगदान दिए ।बलिङ्तर्फ कर्णालीका जिसन मक्सुद र मौसम ढकालले एक एक विकेट लिए ।

यसअघि पहिले ब्याटीङ गरेको कर्णाली याक्सले पुरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १४१ बनाएको थियो । कर्णालीका लागि बिस्फोटक ब्याटीङ गरेका गुलशन झाले २७ बलमा सर्वाधिक ३६ रन बनाए भने अर्जुन घर्तीले २२ बलमा ३३ रन र कप्तान सोमपाल कामीले १२ बलमै नटआउट २९ रन बनाए । ओपनर ब्याटर शिखर धवन भने १४ रनमै आउट भए।

बलिङ्तर्फ जनकपुरका महमद मोहसिनले २ तथा जिमि निशन,हर्ष थाकर,ललीत राजवंशी र किशोर महतोले एक एक विकेट लिए ।

Related posts

सरकारसंग जग्गा माग्दै वीरगन्जमा दलित सुकुम्बासीहरुको प्रदर्शन

MadhesKhabar

पर्सामा ट्राफिक प्रहरीको सकृयता : ट्राफिक नियम उल्लंघन गर्नेबाट २ करोड बढी राजश्व संकलन

MadhesKhabar

वीरगन्जका सरकारी विद्यालयको गुणस्तर सुधार्न अनुगमनमा कडाई गर्दै महानगर

MadhesKhabar

Leave a Comment