Madhes Khabar
खेलकुद हेडलाइन

जनकपुरको लगातार दोस्रो जित, कर्णालीलाई ८ विकेटले हरायो

काठमाडौं,१७मंसिरःनेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ड्सले लगातार दोस्रो जित हात पारेको छ ।किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको आफनो दोश्रो खेलमा जनकपुरले कर्णाली याक्सलाई ८ विकेटले हराउँदै जारी प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको हो । यसअघि गत शनिबार भएको एनपीएलको उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो ।

सोमबार भएको खेलमा कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले १५.१ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । जनकपुरका लागि ओपनर ब्याटर तथा कप्तान अनिल साहले ४२ बलमा अविजित ६२ रन र आसिफ शेखले २९ बलमा ३६ रन जोडे । यस्तै लाहिरु मिलन्थाले २४ र जिमी नीशमले ११ रनको योगदान दिए ।बलिङ्तर्फ कर्णालीका जिसन मक्सुद र मौसम ढकालले एक एक विकेट लिए ।

यसअघि पहिले ब्याटीङ गरेको कर्णाली याक्सले पुरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १४१ बनाएको थियो । कर्णालीका लागि बिस्फोटक ब्याटीङ गरेका गुलशन झाले २७ बलमा सर्वाधिक ३६ रन बनाए भने अर्जुन घर्तीले २२ बलमा ३३ रन र कप्तान सोमपाल कामीले १२ बलमै नटआउट २९ रन बनाए । ओपनर ब्याटर शिखर धवन भने १४ रनमै आउट भए।

बलिङ्तर्फ जनकपुरका महमद मोहसिनले २ तथा जिमि निशन,हर्ष थाकर,ललीत राजवंशी र किशोर महतोले एक एक विकेट लिए ।

Related posts

कांग्रेस छाडेका चौधरीलाई जसपा नेपालले पर्सा–४ बाट सांसदको उम्मेदवार बनाउने

MadhesKhabar

गुजरात टाइटन्सका कप्तान गिललाई १२ लाख भारु जरिवाना

MadhesKhabar

वर्षौदेखि अनागरिकको पिडा भोगेका इन्द्रजितका चारै दाजुभाइले पाए नागरिकता

MadhesKhabar

Leave a Comment