Madhes Khabar
खेलकुद

यू-१९ एशिया कप क्रिकेटमा नेपाल बंगलादेशसंग पराजित

काठमाडौं,१६मंसिर:यू-१९ एशिया कप क्रिकेट प्रतियोगितामा नेपाल बंगलादेशसंग पराजित भएको छ।

आइतबार भएको समूह ‘बी’को खेलमा नेपाल बंगलादेशसंग ५ विकेटले पराजित भएको हो।

नेपालले दिएको १४२ रनको लक्ष्य बंगलादेशले मात्रै २८.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो।उसका लागि ओपनर जावद अब्ररले ६५ बलमा ५ चौका र ६ छक्काको मद्दतमा ५९ रन बनाए।अजिजुल हकिमले ७२ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ५२ रनको योगदान दिए। फरिद हसनले १३ रन जोडे।

बलिङतर्फ नेपालका युवराज खत्रीले सर्वाधिक ४ विकेट लिए।हेमन्त धामीले १ विकेट लिए।

यसअघि यूएईको दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाउँदै १४१ रन बनाएकाे थियो।

नेपालका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ४३ रनको योगदान दिए। उनले ७७ बलमा ५ चौकाको मद्दतमा ४३ रन बनाएका हुन्।

त्यस्तै, उत्तम थापा र अभिषेक तिवारीले समान २९/२९ रन बनाए। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।

बंगलादेशका लागि मोहम्मद अल फहदा, मोहम्मद इकवाल र मोहम्मद होसैनले समान २/२ विकेट लिए।

जारी प्रतियोगितामा नेपालको यो दोस्रो पराजय हो। नेपाल पहिलो खेलमा श्रीलंकासंग पराजित भएको थियो। दोस्रो पराजयसंगै नेपाल प्रतियोगिताबाट बाहिरिने निश्चित जस्तै भएको छ।

मंगलबार नेपालले अफगानिस्तानसंग खेल्ने छ।

Related posts

खानेपानी मन्त्री यादवको निर्देशनमा नारायणी क्रिकेट मैदानमा डिप बोरिङ जडान

MadhesKhabar

च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज भारत र अष्ट्रेलिया भिड्दै

MadhesKhabar

सिमरामा हुने दोस्रो रामनारायण मिश्र फुटबल प्रतियोगिताकाे तयारी पुरा

MadhesKhabar

Leave a Comment