Madhes Khabar
खेलकुद

सिमरामा हुने दोस्रो रामनारायण मिश्र फुटबल प्रतियोगिताकाे तयारी पुरा

बारा,१०असार: बाराको सिमरामा सोमवारदेखि सुरु हुने दोश्रो रामनारायण मिश्र प्रदेशस्तरीय फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ ।

आयोजक मधेस प्रदेश फुटबल संघले आइतबार सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको अन्तिम तयारीबारे जानकारी गराएको हो ।

सिमरा रंगशालामा साेमबारदेखि सुरु हुने प्रतियोगिता असार १६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा ८ वटै जिल्लाका टिमको सहभागिता रहने मधेस प्रदेश फुटबल संघका अध्यक्ष नेपाल कार्कीले जानकारी दिए । अध्यक्ष कार्किका अनुसार प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र उपविजेता टिमले नग ३० हजार रुपैया पाउनेछन् ।

प्रतियोगितामा पर्सा जिल्ला फुटबल संघ, बारा जिल्ला फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ, सिराहा जिल्ला फुटबल संघ, महोत्तरी जिल्ला फुटबल संघ, धनुषा जिल्ला फुटबल संघ, सर्लाही जिल्ला फुटबल संघ र सप्तरी जिल्ला फुटबल संघको सहभागिता रहने अध्यक्ष कार्कीले बताए।

सिमरा रंगशालामा फ्लड लाईटमा सञ्चालन हुने प्रतियोगिताको सोमबार मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्रले उद्घाटन गर्नेछन् ।

बारा जिल्ला फुटबल संघको सह आयोजनामा हुन लागेको प्रतियोगिताको उद्घाटन खेल बारा जिल्ला फुटबल संघ र पर्सा जिल्ला फुटबल संघबिच हुनेछ । दुई टिमबिचको उद्घाटन खेल अपरान्ह ४ बजेदेखि सुरु हुनेछ ।

प्रतियोगितामा प्रत्येक दिन म्यान अफ द म्याचको ट्रफिसहित विधागत पुरस्कारको समेत व्यवस्था गरिने अध्यक्ष कार्किले बताए ।

प्रतियोगिताको ब्रोडकाष्टिङ पार्टनरमा गोल नेपाल डटकम रहेको छ । खेलाडी, रेफ्रि, अफिसियल, आयोजक र दर्शकको लागी ईन्सुरेन्सको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रवेश शुल्क निशुल्क रहने प्रतियोगितामा तेश्रो स्थानको लागी पनि प्रतिस्पर्धा हुने बताईएको छ ।

रामनारायण मिश्र फुटलब प्रतियोगिताको पहिलो संस्करण धनुषाको महेन्द्र नगरमा भएको थियो । पहिलो संस्करणको विजेता सर्लाही जिल्ला फुटबल संघ र उपविजेता बारा जिल्ला फुटबल संघ भएकाे थियाे।

पत्रकार सम्मेलनमा बोल्दै मधेस प्रदेश फुटबल संघका वरिष्ठ उपाध्यक्ष विजय गुप्ताले प्रतियोगिताले जीतपुरसिमराको विकासमा ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरे । मधेस प्रदेश फुटबल संघका कोषाध्यक्ष शम्भुसिंह ठकुरीले सबै मिलेर प्रतियोगिता सफल बनाउनुपर्ने बताए । बारा जिल्ला फुटबल संघका अध्यक्ष रामचन्द्र लामाले प्रतियोगिताले यस क्षेत्रको आर्थिक विकासमा ठुलो सहयोग पुग्ने बताए । मधेस प्रदेश स्तरीय खेलको व्यवस्थापन बाराले पाउनु निकै खुशीको बिषय भएको लामाको भनाई छ ।

पत्रकार सम्मेलनको सहजीकरण महासचिव विकास साहले गरेका थिए ।

Related posts

नेपाल पहिलो पटक आईसीसी यू-१९ विश्वकपमा छनाैट

MadhesKhabar

अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका बन्यो वर्ल्ड टेस्ट क्रिकेट च्याम्पियन

MadhesKhabar

नारायणी रंगशालालाई राष्ट्रिय गाैरवकाे आयाेजनामा पार्न वीरगन्जका कांग्रेसी नेताहरुकाे माग

MadhesKhabar

Leave a Comment