Madhes Khabar
धर्म/संस्कृति

मदर्सा बरकतुल उलुम मर्कजको अध्यक्षमा प्रयाग अहमद सर्वसम्मत चयन

वीरगन्ज,१६मंसिरःवीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैयामा रहेको मदर्सा बरकतुल उलुमको नयाँ कार्यसमिति चयन गरिएको छ ।प्रयाग अहमदको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

२०६४ सालमा जिल्ला प्रशासन कार्यालय पर्सामा दर्ता भएको उक्त मदर्साको उपाध्यक्षमा कमरुदिन मियाँ धोबी, सचिवमा महमद मन्सुर मियाँ, कोषाध्यक्षमा नुरहोदा अन्सारी, सहसचिवमा ईरफान अन्सारी तथा सदस्यहरुमा नैमुदिन मियाँ धोबी, महमद साहिल, अलियास अन्सारी, सतार मियाँ मंसुरी, खुरसेद आलम हवारी र अलि हुसैन मियाँ रहेका छन् ।

नयाँ कार्यसमितिले मदर्साको गतिविधिलाई थप व्यवस्थित गर्दै शैक्षिक विकास, धार्मिक तथा सामाजिक कार्यमा महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष अहमदले बताए ।

मदर्सा बरकतुल उलुम २०६४ सालदेखि विधिवत रूपमा दर्ता भएको संस्था हो । यसले लामो समयदेखि धार्मिक शिक्षा, शैक्षिक सुधार, र सामाजिक गतिविधिमा योगदान पु¥याउँदै आएको छ । नयाँ नेतृत्व चयनसँगै मदर्साको प्रगति र सुधारमा थप गति आउने अपेक्षा गरिएको छ ।

Related posts

वीरगन्जमा सात दिने संगीतमय भागवत कथा तथा ज्ञान यज्ञ हुदैं

MadhesKhabar

वीरगन्जमा ‘गौरैया बचाउ अभियान’ सुरु

MadhesKhabar

इस्लाम धर्मावलम्बीको मुख्यपर्व रमजान सुरु

MadhesKhabar

Leave a Comment