Madhes Khabar
धर्म/संस्कृति

चैते दशैंको महाअष्टमीमा वीरगन्ज महानगरकाे कार्यालयमा गरियाे मौलाे पूजा

वीरगन्ज,१२चैत:चैते दशैंको पावन अवसरमा वीरगन्ज महानगरपालिकाका मे राजेशमान सिंहले बिहीबार महानगरपालिकाको कार्यालय परिसरमा विधिपूर्वक मौली पूजा-अर्चना गरेका छन्।परम्परागत धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार महानगर प्रहरी तथा बारुण यन्त्र (दमकल) तर्फ स्थापना गरिएको मौलोमा नगर मेयर सिंहले पूजा अर्चना गर्दै नगरवासीको सुख, शान्ति, समृद्धि तथा विपद्‌बाट सुरक्षा प्राप्तिको कामना गरे।

 

हरेक वर्ष चैते दशैंका अवसरमा गरिने यस प्रकारको पूजा कार्यक्रमले धार्मिक आस्था संरक्षण गर्नुका साथै सुरक्षासँग सम्बन्धित निकायप्रति सम्मान प्रकट गर्ने परम्परालाई निरन्तरता दिएको छ। कार्यक्रममा महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, महानगर प्रहरी तथा बारुण यन्त्रका कर्मचारीहरूको सहभागिता रहेको थियो।

 

पूजा पश्चात मेयर सिंहले धार्मिक तथा सांस्कृतिक परम्पराले समाजमा सकारात्मक ऊर्जा र एकता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यस्ता संस्कारहरूको संरक्षण आवश्यक रहेको उल्लेख गरे।

चैते दशैं नेपाली हिन्दू समुदायले शक्ति स्वरूपा देवीको आराधना गरी मनाउने महत्वपूर्ण पर्वका रूपमा मानिन्छ। यस अवसरमा विभिन्न शक्तिपीठ तथा सार्वजनिक स्थलहरूमा विशेष पूजा, आराधना र धार्मिक कार्यक्रमहरू आयोजना गरिने परम्परा रहेको छ।

Related posts

नेपालगन्जमा गर्भवती गाईको हत्या गरिएकाे विराेधमा हिन्दुवादीहरुकाे प्रदर्शन

MadhesKhabar

घडिअर्वाकाे रामजानकी मन्दिरकाे स्वामित्व अब मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिले लियाे

MadhesKhabar

गढीमाई मेलाको शोभायात्रा भाेलि निकालिदै, तयारीका लागि नगर क्षेत्रमा सार्वजनिक विदा

MadhesKhabar

Leave a Comment