Madhes Khabar
धर्म/संस्कृति

नेपालगन्जमा गर्भवती गाईको हत्या गरिएकाे विराेधमा हिन्दुवादीहरुकाे प्रदर्शन

नेपालगन्ज,१०बैशाख:नेपालगन्जम ५ महिनाकाे गर्भवती गाईको हत्या गरिएकाे विराेधमा राष्ट्रिय एकता अभियानले प्रदर्शन गरेको छ।नेपालगन्ज उपमहानगरपालिका वड़ा नंबर १४ मा ५ महिनाकाे गर्भवती गाईको हत्या भएको भन्दै अभियानका राष्ट्रिय अध्यक्ष विनय यादवको नेतृत्वमा प्रदर्शन गरिएको हाे।

गौ हत्याले हिन्दु समुदायको धार्मिक आस्थामा चोट पुर्‍याउने र धार्मिक सहिष्णुतामाथी प्रहार गरेको भन्दै अभियानले त्यसमा संलग्नहरूलाई कारबाहीको माग गर्दै साेमबार बाँकेका प्रमुख जिल्ला अधिकारी श्रावण कुमार पोखरेललाई ज्ञापनपत्र समेत बुझाएको छ।

अभियानका बाँके जिल्ला संयोजक राजकुमार रौनियार द्वारा हस्ताक्षरीत ज्ञापन पत्रमा भनिएकाे छ- राष्ट्रिय एकता अभियानले नेपालको हिन्दू भावनामाथि बारम्बार भइरहेको जिहादी हमला सम्बन्धमा तपाईंको ध्यानाकर्षण गराउन चाहन्छौं। यो कार्यले हिन्दू समुदायको धार्मिक आस्थामा चोट पुर्‍याउने मात्र होइन, हाम्रो धार्मिक सहिष्णुताको भावनामा पनि प्रहार भएको देखिन्छ ।यस जघन्य अपराधमा संलग्न व्यक्तिहरूलाई तुरुन्त र कडा कानुनी कारबाही गर्न हामी आग्रह गर्दछौं।

प्रमुख जिल्ला अधिकारी पाेखरेललाई ज्ञापन पत्र बुझाउने क्रममा अन्य हिन्दुवादी संघ संस्थाका प्रमुखहरुकोपनि सहभागीता रहेको थियो।

Related posts

वीरगन्जमा पहिलाे पटक निकालिन लागिएको गहवामाई रथ यात्राकाे तयारी तिब्र

MadhesKhabar

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ द्वारा नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण ।

MadhesKhabar

आजदेखि नववर्ष २०८२ प्रारम्भ,देशभर हर्षाेल्लासका साथ मनाइँदै

MadhesKhabar

Leave a Comment