Madhes Khabar
धर्म/संस्कृति

हज गर्न मक्का मदिना जाने पर्साका हज यात्रीहरुलाई मेयर सिंहले गरे विदाई

वीरगन्ज, ६ जेष्ठ : वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले साउदी अरबको मक्का मदिनामा हज गर्न जाने पर्साका २४ जना हज यात्रीहरुलाई शनिबार एक कार्यक्रमको आयोजना गरि विदाई गरेका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ६ मा रहेको मदिना जामे मस्जिदमा शनिबार आयोजित कार्यक्रममा मेयर सिंहले हजयात्रीहरुलाई विदाई गरेका हुन् ।

हजका लागि साउदी अरबको मक्का मदिना जान हिडेका हज यात्रीहरुलाई मेयर सिंहले खादा लगाएर पुष्प गुच्छा दिँदै बिदाई गरेका हुन् ।

त्यसअवसरमा मेयर सिंहले आफनो धार्मिक परम्परा र रितिरिवाजलाई कायम राख्न आग्रहपनि गरे ।

Related posts

कांग्रेस केन्द्रिय सदस्य भण्डारीको नेतृत्वमा हिन्दूराष्ट्र स्थापना महाअभियानको घोषणा

MadhesKhabar

राैतहटमा हनुमान मन्दिर र ब्रह्मस्थानमा अज्ञात समुहद्वारा आगजनी

MadhesKhabar

पत्रकार सम्मेलन गरेर चिकेन स्टेसनका सन्चालक झाले मागे माफी

MadhesKhabar

Leave a Comment