Madhes Khabar
धर्म/संस्कृति

पत्रकार सम्मेलन गरेर चिकेन स्टेसनका सन्चालक झाले मागे माफी

वीरगन्ज ,१३चैत : गाईकाे मासुकाे परिकारकाे विज्ञापन गरेका कारण विवादमा आएकाे वीरगन्जकाे चिकेन स्टेसन रेष्टुरेन्टले क्षमा याचना गरेकाे छ ।

साेमबार पत्रकार सम्मेलन गरेर चिकेन स्टेसनका सन्चालक अरुण झाले चिकेन स्टेसनकाे समाजिक सञ्जालमा भूलवस आपत्तीजनक समाग्री प्रकाशित भएको भन्दै माफी मागेका हुन् ।

रेष्टुरेन्टकाे फेसबूक पेजमा भूलवस प्राविधिक गडबडीका कारण आपत्तीजनक सामग्री प्रकाशित हुनगएको भन्दै झाले फेसबुकमा विज्ञापन राख्ने क्रममा कर्मचारीले प्राविधिक लापरवाही गरेको कारण आपत्तीजनक समाग्री प्रसारित भएको जिकिर गरे ।उनले हिन्दू र सनातन धर्ममाथि आँच आउने कुनै किसिमको गतिविधि आफूहरुले गर्न नखोजेको स्पष्टिकरण दिए ।

दुई दिन अगाडि चिकेन स्टेसनले आफ्नो फेसबूक पेजमा गाईको मासुले बनेको ‘बिफ कबाब’ १० प्रतिशत छुटमा विक्री भइरहेको विज्ञापन राखेको थियो । विज्ञापन देखेपछि स्थानीयले गरेको विरोध पश्चात रेष्टुरेन्टले त्यसलाई सच्च्याउँदै प्राविधिक गडबडीका कारण पोष्ट हुनगएको बताउदै उक्त विज्ञापन फेसबुकबाट हटाएकाे थियाे ।

यता साेमबार नै मधेसी आयोगले गाईको मासुकाे परिकार ´बिफ कबाब` बेचेकाे चिकेन स्टेसन रेष्टुरेन्टलाई कारबाही गर्न गृह मन्त्रालयलाई पत्र पठाएको छ।

हिन्दू संघसंगठनले मधेसी आयोगमा राष्ट्रिय जनावर गाईको मासु बेच्ने चिकेन स्टेसन रेष्टुरेन्टलाई कारबाही गर्नका लागि उजुरी दिएका थिए।

उजुरीका आधारमा चिकेन स्टेसन रेष्टुरेन्टलाई कारबाही गर्न गृहमन्त्रालयलाई पत्राचार गरेको आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले जानकारी दिए।

Related posts

हनुमान जन्मोत्सवमा जय श्रीरामको नाराले वीरगन्ज शहर नै गुन्जयमान

MadhesKhabar

आज नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिदैं

MadhesKhabar

गढीमाई मेलाका अवसरमा मधेस प्रदेशमा सार्वजनिक बिदा

MadhesKhabar

Leave a Comment